भेरी अस्पतालमा पूर्वाधार निर्माणका लागि एक अर्ब बढी बजेट स्वीकृत

सदरलाइन संवाददाता ६ भाद्र २०७९, सोमबार १६:१५
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको नयाँ पूर्वाधार निर्माणका लागि सरकारले एक अर्ब २५ करोड बजेट स्वीकृत गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल नेतृत्वको कार्यसमिति र तत्कालिन मेसु डा.प्रकाशबहादुर थापाको अथक प्रयासकाबीच अस्पतालको भौतिक पूर्वाधार निर्माणमा सरकारले उक्त बजेट स्वीकृत सम्भव भएको हो ।

अस्पतालको पुरानो जीर्ण भवन भत्काएर अव त्यसमा सात तले सुविधा सम्पन्न भवन निर्माण गरिने अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

पश्चिम नेपालको सबैभन्दा पुरानो अस्पताल भएपनि भेरी अस्पतालको भौतिक पूर्वाधारदेखि जनशक्ति र उपकरणको सवालमा राज्यको ध्यान खासै पुग्न सकेको थिएन । तर धिताल नेतृत्वको विकास समिति आएपछि भने निरन्तरको दवावकाबीच अस्पतालको भौतिक पूर्वाधारदेखि उपकरणको सवालमा राज्यले ढिलै भएपनि सम्वोधनको प्रयास शुरु गरेको भन्दै श्रेष्ठले खुशी व्यक्त गरे ।


सात तले सुविधा सम्पन्न भवनको यसअघि नै डिपिआर तयार भइसकेको छ । अन्डरग्राउण्ड पार्किङ र हेलिप्याडसहितको उक्त भवनपछि अस्पतालको स्वरुप पुरै बदलिने अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

यसअघि अस्पताल परिसरमा चार तले अर्को भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ । भौतिक संरचनासँगै पछिल्लो समय अस्पतालको सेवामा व्यापक सुधार हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा.कर्णद्वारा प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा

६ भाद्र २०७९, सोमबार १६:१५
नेपालगञ्ज : डा.विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । डा.कर्ण पेशाले चिकित्सक हुनुहुन्छ । उनी नेपालगञ्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत रहेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनले बाँकेको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका १ […]

सम्बन्धित