डा.कर्णद्वारा प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा

सदरलाइन संवाददाता ६ भाद्र २०७९, सोमबार १६:१७
 

नेपालगञ्ज : डा.विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । डा.कर्ण पेशाले चिकित्सक हुनुहुन्छ । उनी नेपालगञ्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत रहेका छन् ।


आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनले बाँकेको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका १ देखि १२, १४ र १५ वडा समेटिएको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले नेपालगञ्जलाई आफूले नमुना सहर बनाउन चाहेको उल्लेख गरे । डा कर्णले २०७४ मा पनि विवेकशील साझाबाट यही क्षेत्रमा चुनाव लड्ेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कतार च्यारिटीको आर्थिक सहयोगमा खजुरामा सयवटा खानेपानीका धारा जडान

६ भाद्र २०७९, सोमबार १६:१७
खजुरा (बाँके) : कतार च्यारिटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवले बाँकेको खजुरा गाउँपालिकाका सर्वसाधारणका लागि सयवटा खानेपानीको धारा जडान गरेको छ । खजुरा गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानीको सबैभन्दा बढी समस्या रहेकोले सो समस्या समाधानका लागि क्लबे ती वडामा सय वटा खानेपानीको धारा जडान गरेर सो समस्या […]