बाँकेको नरैनापुरमा खडेरी, रोपेको धान पनि सुक्यो

सदरलाइन संवाददाता २ भाद्र २०७९, बिहीबार १५:११
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा खडेरी परेको छ । पानी नपरेपछि किसानले धान रोप्न पाएका छैनन् । अलिअलि रोपेको धान पनि सुकेको छ । सबैजसो मानिसले खेती किसानीबाट नै जीवीकोपार्जन गर्ने गरेको नरैनापुरमा यसपालि पानी नपरेकाले धान रोपाई हुन सकेको छैन ।

गाउँपालिकाका कृषि शाखाका कर्मचारी सदन भण्डारीका अनुसार, नरैनापुरमा तीन हजार ७ सय ८ हेक्टर खेतीयोग्य जमिन छ । यो वर्षमा यसको १५ प्रतिशतमात्रै रोपाई भएको छ । पालिकामा २ सय ६० हेक्टरमा सिँचाइ हुन्छ । रोपाई भएको १५ प्रतिशतमध्येमा आधाजसो धान तत्काल पानी नपाएमा मर्ने अवस्थामा पुगेको छ ।

नरैनापुर डुवान क्षेत्र पनि हो । यो वर्ष पानी नै नपरेपछि डुब्नुभन्दा सुख्खाले स्थानीयलाई सताएको छ । धान उत्पादन नभएकाले यो वर्ष खाद्यान्न संकट हुने स्थानीयको भनाई छ । वडा नं. ४ का सावितराम पासीले धान रोप्न नै नपाएकाले यो वर्ष खाना कै समस्या हुने बताए ।


गाउँपालिकाका प्रमुख मोहम्मद इस्तियाक अहमद शाहले सुख्खा परेकाले आफ्नो ठाउँका लागि केन्द्र, प्रदेश सरकारले विशेष प्याकेज दिनुपर्ने बताए । पालिकाले रोपाई भएको १५ प्रतिशत धानलाई बचाउन बिग्रेको बोरिङ बनाउने, खानेपानीका ट्यांकीलाई तत्काल सञ्चालन गरेर खेतमा पानीको व्यवस्था गर्न लागेको छ ।

गाउँपालिकामा दुईवटा बोरिङ र दशवटा खानेपानीका ट्यांकी छन् । दुवै बोरिङ र पाँचवटा खानेपानीका ट्यांकी तत्काल सञ्चालनमा आउन सक्छन् । यी सञ्चालनमा ल्याउँदा रोपाई भएका आधा बढी धानलाई सिँचाइ गर्न सकिने पालिकाको आंकडा छ । बाँकेमा ८५ प्रतिशत रोपाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा तीन सवारी साधन ठोक्किँदा १ को मृत्यु, ९ जना घाइते

२ भाद्र २०७९, बिहीबार १५:११
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ वनकटुवाको संगम चोक नजिकै तीन सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने संगम चोक नजिकै मिनि ट्रक, म्याजिक भ्यान र […]

सम्बन्धित