रनिङ्ग शिल्डको तयारी पुरा

सदरलाइन संवाददाता २६ माघ २०८०, शुक्रबार १९:२८
 

नेपालगञ्ज :  बाँकेमा आयोजना हुने १५ औ जिल्ला स्तरिय राष्ट्रपति कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ ।

जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजनामा हुने सो प्रतियोगितामा बाँकेका डुडुवा गाउपालिका बाहेक ७ वटा पालिकाका १ हजार खेलाडि, खेलशिक्षक लगायतको सहभागिता रहने बताईएको छ ।

सो प्रतियोगितामा भलिवल, कबड्डी, मार्शलआर्ट, एथलेटिक्सलगायतका विभिन्न ६ वटा विधामा प्रतिश्पर्दा रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिप जंग शाहले जानकारी दिए ।


स्थानीय स्तरमा लुकेका खेल प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण प्रतियोगिताको रुपमा मानिदै आएको यो प्रतियोगिता पछल्लो समय ओझेलमा पर्दै गएको आयोजकको गुनासो समेत छ ।

नेपालगञ्ज कर्भड हल र रंगशालामा आयोजना खेल शनिबार सुरु भएर सोमबार समापन गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी साहित्य समाजको अधिवेशन नेपालगञ्जमा

२६ माघ २०८०, शुक्रबार १९:२८
नेपालगञ्ज : भेरी साहित्य समाज केन्द्रीय समितिको सातौं अधिवेशन नेपालगञ्जमा सुरु भएको छ । समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिनाको सभापतित्वमा सुरु भएको अधिवेशनमा समाजका चरित्रा शाहले स्वागत गरेकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्बसदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा समाजका महासचिव लेकप्रसाद प्याकुरेलले सांठनिक प्रतिवेदन प्रस्तुत गरेका […]