‘बाँके र बर्दियामा पर्यापर्यटनको लागि प्रदेश सरकारको योजना’

१० आश्विन २०७६, शुक्रबार १९:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँके र बर्दियामा पर्यापर्यटनको विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ ले शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका र ईन्रुडेकसंगको सहकार्यमा गाभर भ्याली होमस्टेमा आयोजना गरेको पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रलाई बिस्तर गर्नको लागि संस्कृती सहितको आतिथ्यता सत्कार प्रदान गर्दै फिलिङ्ग घरको सुविधा बजारको दिन सकेमात्र पर्यटकको रोजाईको स्थान हुने बताए । उनले पर्यटनको विकास गर्नको लागि कृषिलाई जोड्न आवश्यक रहेको औल्याए । ‘कृषिका क्षेत्रमा आधुनिकिकरण गर्दै जागरुकता फैलाउने र किसान जागरुक भए पर्यटनको क्षेत्र आफै बृद्धि हुनेछ’–उनले भने–‘कृषिका कारण औद्योगिकिकरण हुने र औद्योगिकिकरणका कारण पर्यटनको बिकास हुने हुनाले सञ्चार क्षेत्रले यसको प्रचार प्रसारमा विशेष ध्यान दिन आवश्यक छ ।’
उनले विश्वमै वन्यजन्तु नजिकबाट अवलोकन गर्ने स्थान बर्दिया राष्ट्रिय निकुञ्ज भएको उल्लेख गर्दै यसको हुनु पर्ने जति प्रचार हुन नसकेको कारण यसको फाईदा उठाउन नसकिएको बताए । नेपालगन्जका होटल व्यवसायीले कैलाश मानसरोवर, मुगको रारा ताल, बाँके–बर्दिया निकुञ्ज, खप्तड, पोखरा लगायतका पर्यटकीय क्षेत्रको प्याकेजमा डिल गरेर पर्यटक आकर्षित गर्ने योजनासहित आएका खण्डमा प्रदेश सरकारले पनि सहयोग गर्न तयार रहेको जानकारी दिए ।
कार्यक्रममा बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय, बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीमलाल कँडेल, गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बाँकेको विकासका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच मुख्यमन्त्री तथा नेकपा प्रदेश ५ ईन्चार्ज समेत रहेका नेता पोख्रेलले नेकपा बाँकेको पहिलो बैठकको नेपालगन्जमा उद्घाटन गरेका थिए ।

Next Post

बैतडीमा बस दुर्घटना हुँदा २१ घाइते

१० आश्विन २०७६, शुक्रबार १९:२२
सदरलाइनडटकम, बैतडी : बैतडीमा एक यात्रीवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखन्डको पाटन नगरपालिका–६, लोर्खामा शनिवार बिहान ३ बजे दुर्घटनामा परेको हो । […]