संसदीय व्यवस्था खारेज हुनुपर्छ : सुदर्शन

सदरलाइन संवाददाता २९ श्रावण २०७९, आईतवार १४:३६
 

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का पोलिट ब्यूरो सदस्य हेमन्त प्रकाश वली सुदर्शनले संसदीय व्यवस्था खारेज हुनु पर्ने बताएका छन् ।

नेपालगञ्जमा आइतवार आयोजित पत्रकार भेटघाटमा उनले संसदीय व्यवस्था खारेज नभएसम्म मुलुकको आमूल परिवर्तन सम्भव नभएको बताए । उनले वैज्ञानिक समाजवादी गणतन्त्र नेपालको स्थापनाले मात्रै मुलुकको विद्यमान गतिरोध अन्त्य गर्ने दावी गरे ।


उनले क्रान्तिकारी शक्तिहरु एक हुनुको विकल्प नभएको बताए । कम्युनिष्ट विचारधार बोकेका शक्तिहरु एक भएर मुलुकको परिवर्तन जरुरी रहेको औल्याउँदै उनले मोहन बैद्य किरणसँग एकिकरणको तयारी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा लागुऔषधसहित श्रीमान–श्रीमती पक्राउ

२९ श्रावण २०७९, आईतवार १४:३६
सुर्खेत : सुर्खेतमा लागुऔषधसहित श्रीमान–श्रीमति पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सानु भन्ने सरला शाही रहेका छन् । उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले बताए । कार्कीका अनुसार उनीहरुको साथबाट […]