विभिन्न अपराधका फरार अभियुक्त धमाधम पक्रिदै प्रहरी

११ असार २०७७, बिहीबार २३:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले करिव दर्जन अपराधिक गतिबिधिमा संलग्न राजेश यादवलाई नियन्त्रणमा लिएर ठूला अपराधिक मद्दाका फरार अभियुक्तलाई नियन्त्रणमा लिने अभियानलाई प्रहरीको नेतृत्व फेरीए संगै तीब्रता पाएको छ । यादव बिरुद्ध हत्या तथा विष्फोट लगायतका जघन्य अपराधका ९ वटा मुद्दा रहेका छन ।

यसक्रममा बिहीबार लागू औषधका डिलर, शरिर बन्धक, अपहरण र जबरजस्ती करणीका अभियुक्त बाँके बनकट्टीका बब्बरी खाँ पठानलाई नियन्त्रणमा लिन सफल भएको छ । उनीविरुद्ध ३ वटा मुद्दा चलाईएको छ ।


यसैगरी बिहीबारनै लागूऔषध ब्राउनसुगरको डिरल भएको आरोपमा नेपालगञ्ज जयसपुरका रेश्मा खानलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनी ब्राउनसुगरको ठूलो कारोबारी हुन ।

बुधबारमात्रै प्रहरीले अफिमका कारोबारी अभियोगका अभियुक्त भगेलु कलवारलाई नियन्त्रणमा लिएको थियो । कलवार १८ किलो ५ सय ग्राम अफिमको फरार अभियुक्त हुन । बाँकेमा प्रहरी प्रमुख ओमबहादुर राना आएपछि यस्तो कार्यले तीब्रता पाएको छ ।

Next Post

विषालु च्याउ खाँदा १४ बिरामी

११ असार २०७७, बिहीबार २३:०२
सदरलाइनडटकम, दाङ : दाङमा विषालु च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ३५ बर्षीय विमला विक, उनकी ११ बर्षीया छोरी र १० बर्षीय छोरा, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ […]