खानेपानी उपभोक्ता संस्था कोहलपुरका अध्यक्षमाथि अभद्र व्यवहार

सदरलाइन संवाददाता २३ श्रावण २०७९, सोमबार १९:५६
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्लमाथि समुहले अभद्र व्यवहार गरिएको छ ।

दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले अध्यक्ष मल्ललाई कालोमोसो दलेर अभद्र व्यवहार गरी फरार भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले जनाकारी दिए ।


खानेपानीका बिषयमा अध्यक्षसंग कुरा गर्नु छ भन्दै कार्यालयमा आएको समुहले सुरुमा कोहलपुर–१० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछी कालोमोसो दलेर फरार भएको उनले बताए । प्रहरीले घटनामा संलग्न ४ जनालाई खोजी गरिरहेको जनाएको छ ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले पैसा तिरे पनि पानी उपभोग गर्न नपाएको गुनासो गर्ने गरेका थिए । अध्यक्ष मल्लमाथि कालोमोसो दलेको घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

बिगत एक महिनादेखि कोहलपुर नगरपालिका वडा नं ६, १० र ११ का केहि स्थानम खानेपानी सप्लाई पुर्णरुपमा बन्द भएको छ । यस सम्बन्धमा उपभोक्ताहरुले खानेपानी कार्यालयको पटक पटक ध्यानाकर्षण गराए पनि सो कार्यालयले पानीको आपुर्ति गर्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छोराको हत्या आरोपमा कोहलपुरमा एकजना पक्राउ

२३ श्रावण २०७९, सोमबार १९:५६
नेपालगञ्ज : ३ वर्षीय छोराको हत्या गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन् । बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बसेका डम्बर बहादुर बोहरा पक्राउ परेका हुन् । उनी घरबाट साउन १६ गते ३ वर्षीय छोरालाई लिएर फरार भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ […]