आफु सरकारको प्रचारक भएको प्रचण्डको भनाई

१९ कार्तिक २०७६, मंगलवार १६:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पछिल्लो समय आफु सरकार र पार्टीको प्रचारक जस्तो भएको बताएका छन् । विजयादशमी, तिहार, नेपाल सम्वत ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डेका अवसरमा नेकपा बाँकले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मंलवार नेपालगञ्जमा सम्बोधन गर्दै उनले पार्टी कार्यक्रममा मुलुकभर पुगेर जनताका गुनासा सुन्ने मौका पाएको जिकिर गरे ।
विभिन्न तह र तप्काबाट प्राप्त सुझाव र गुनासोहरु प्रधानमन्त्री र सचिवालयका बरिष्ठ नेतासँग राख्ने गरेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री नभएपनि आफु प्रचारक हुन पाएमा खुशी ब्यक्त गरे । इतिहासले आफुलाई विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै उनले अहिले प्रचारकको जिम्मेवारी पाएको बताए । प्रदेश ५ को राजधानी बहुसंख्यक जनतालाई पायक पर्ने स्थानमा हुने भन्दै उनले यसबारेमा पार्टीभित्र करीब सहमति भईसकेको जानकारी दिए ।
नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहेकी नेकपा प्रदेश ५ कमिटि अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, नेपालगञ्ज मेयर डा. धवलशम्शेर राणा, नेकपाका केन्द्रीय सदस्य दिनेश यादव, बाँकेका सचिव अशोक कोइराला, नेपाली काँग्रेस बाँकेका सभापती किरण कोइरालालगायतले शुभकामना दिँदै चियापान कार्यक्रमले सहमतिको राजनीतिलाई बल पुग्ने बताए ।

Next Post

बाघले आक्रमण गर्दा माहुतेको मृत्यु

१९ कार्तिक २०७६, मंगलवार १६:५३
सदरलाइनडटकम, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मंगरु थारुको मृत्यु भएको हो । निकुञ्जस्थित गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण […]