बाँकेमा आइतवार सात जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २२ श्रावण २०७९, आईतवार १५:२०
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ५ र जमुनाहा नाकामा २ गरी ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २०५ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २० हजार ८०५ जना निको भइसकेका छन् । जिल्लामा अहिले ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर कोहलपुरमा महिलाको मृत्यु

२२ श्रावण २०७९, आईतवार १५:२०
नेपालगञ्ज : बाँकेको कोहलपुर–२, बर्दहवाको लक्ष्मण टोलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार राती करिब १० बजेको समयमा आफ्नै घरमा अन्दाजी २५ वर्षिया प्रशांसा आचार्यको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।