हुम्लामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

सदरलाइन संवाददाता २० श्रावण २०७९, शुक्रबार १५:१९
 

नेपालगञ्ज : प्रहरीले हुम्लाको चंखेलीमा तीन नाल भएको भरुवा बन्दुक फेला पारेको छ ।

चंखेली गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अवस्थामा बन्दुक फेला पारिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।


प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाइ राखेको १ नाल लोड र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा फेला परेको हो ।

बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता एवम् एसएसपी माधव श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनको मिति कानुनमै तोकिनु पर्छ : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरल

२० श्रावण २०७९, शुक्रबार १५:१९
काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति कानुनमा तोक्न जरुरी रहेको बताएका छन । सेन्टर फर मिडिया रिसर्च नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनको मिति कानुनमा तोक्दा उमेदवारहरु बेलैमा चयन गर्न र निर्वाचन आयोगलाई तयारी गर्न […]