ग्राण्डी अस्पतालमा सञ्चालित सघन उपचार नर्सहरूको प्रशिक्षण सम्पन्न

१८ जेष्ठ २०७५, शुक्रबार १९:१२
 

सदरलाइनडटकम 
१८ जेठ काठमाडौं  : टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचारमा संलग्न हुने नर्सहरूका लागि सञ्चालित प्रशिक्षण सम्पन्न भएको छ ।
चरणवद्ध रुपमा सञ्चालन भएको तीन महिना लामो प्रशिक्षणमा बिभिन्न अस्पतालहरुवाट सहभागि भएका नर्सहरुले सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नर्सिङ निर्देशक एलडी महर्जनले शुक्रबार एक समारोहका बीच प्रशिक्षित नर्सहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालिमपछि प्रमाण पत्र ग्रहण गर्ने क्रिटिकल केयर नर्सहरुलाई बधाइ तथा शुभकामना दिए ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नर्सिङ उपनिर्देशक तथा नेपाल क्रिटिकल केयर नर्सिङ्ग एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी केसीले स्वागत मन्तब्यका क्रममा तालिम सकेर प्रमाणपत्र पाएका नर्सहरूले स्तरिय सघन उपचार सुनिश्चित गर्नेमा आफु बिश्वस्त रहेको दाबी गरिन ।
देशभर सघन उपचारलाई नर्सहरुका लागि यस किसिमको प्रशिक्षण अपरिहार्य रहेको भन्दै उनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालले नेपालमा नै पहिलो पटक शुरु गरेको यो तालिम कार्यक्रम अत्यन्त अनुकरणिय रहेको जिकीर गरिन ।
त्यसैगरी क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालकी उपाध्यक्ष बिमला श्रेष्ठले कार्यक्रमलार्इ सम्बोधन गर्दै देशभरका सघन उपचारकक्षमा स्तरिय सघन उपचार नर्सिङसेवा उपलब्ध गराउनकालागि यो तालिम कार्यक्रम शुरु गरिएको जानकारी दिईन ।
देशभर रहेका बिभिन्न अस्पतालमा रहेका ४५० वटा आइसियु बेडमा नै स्तरिय सेवा पुर्याउन अस्पतालहरुमा कार्यरत सघन उपचार नर्सहरुलाई दक्षता अभिबृद्धिगर्न यस किसिमको तालिमको आवश्यकता महशुष गरी गत वर्षबाट यो कार्यक्रम शुरु गरिएको जानकारी गराईन ।
उनले यस कार्यका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट पाएको साथ र सहयोग महत्वपूर्ण रहेको भन्दै आभार समेत ब्यक्त गरिन ।
नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसँगको सहकार्यमा संचालित तालिममा विभिन्न चरणका छनौट परिक्षा उतीर्ण गरेर आएका २६ जना नर्सहरुको सहभागिता रहेको थियो ।


  

Next Post

नीजि क्षेत्रबाट किसानलाई कुखुरापालन व्यवस्थापन तालिम

१८ जेष्ठ २०७५, शुक्रबार १९:१२
सदरलाइनडटकम १८ जेठ, नेपालगन्ज : बाँकेका कुखुरा पालक व्यवसायी किसानलाई कुखुरा पालन तथा व्यवस्थापन सम्बन्धित आधारभुत ज्ञान एवं प्रविधि बारेमा तालिम सम्पन्न गरिएको छ । कुखुरापालकहरुको सङख्या दिन प्रतिदिन बढ्दै गइरहे पनि आधारभुत ज्ञान र प्रविधीका विषयमा तालिम र अभिमुखिकरण नभइरहेको अवस्थामा नेपाल वेलहोप एग्रीटेक प्रालि, विजय पेलेट दाना, कुखुरा […]