जंगली च्याउ खाँदा ६ जनाको मृत्यु

३१ जेष्ठ २०७६, शुक्रबार १८:३७
 

सदरलाइनडटकम,
पाल्पा : पाल्पामा जंगली च्याउ खाएर ज्यान जानेको संख्या ६ पुगेको छ । च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको शुक्रवार दिउँसो ज्यान गएको छ ।
गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह ठकुरी र त्यसै ठाउँका ४५ वर्षीय पूर्णबहादुर खाम्चाको शुक्रवार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
गत जेठ २४ गते बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४ वर्षीय उमेश गाहाको आइतबार र ४५ वर्षीया रिखिसरा गाहाको ज्यान गएको थियो । उमेशको घरमै र रिखिसराको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा ज्यान गएको हो ।
च्याउ खाएर बिरामी परेका २९ वर्षीया दानमाया सिंह ठकुरी, ३० वर्षीया धनकुमारी ठकुरी, ३६ वर्षीया चनकुमारी खाम्चा मगर र १५ वर्षीया बिमला खाम्चाको चितवनमा उपचार भईरहेको छ । बिरामी परेका ८० वर्षीय प्रेमबहादुर ठकुरी भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

Next Post

म्याद नाघेका औषधि विक्री गर्दै नेपालगञ्जका मेडिकल

३१ जेष्ठ २०७६, शुक्रबार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित रहेको औषधि पसल र एग्रोभेटमा औषधि व्यवस्था विभागले शुक्रवार अनुगमन गरेको छ । पाँचवटा पसलमा गरिएको निरीक्षणका क्रममा अधिकाँश पसलमा म्याद नाघेको र नियम विपरीत सञ्चालन रहेको पाइएको छ । अनुगमनका क्रममा अष्टाङ आयुर्वेद प्रालिमा शिलबन्दी गरी ३० दिनका लागि निलम्बन गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जले […]