नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज–६ का ३४ बर्षीय पुस्करकुमार सोनीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतको गत जेठ १३ गतेको फैसलाले सोनीलाई लेनदेन मुद्दामा ३ महिना कैद तोकेको थियो । तर, उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले मंगलवार उनलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको छ ।