कोहलपुर नगरपालिकाले स्वास्थ्य कर्मचारी माथि राजनीति गरेको आरोप

प्रमोद रिजाल १५ श्रावण २०७९, आईतवार १८:५३
 

कोहलपुर (बाँके)  : कोहलपुर नगरपालिका नगरकार्यपालिकाले नगरपालिका क्षेत्रमा कार्यरत स्थायी दरबन्दीमा रहेका स्वास्थ्य कर्मचारी माथि प्रहार गरेको छ ।

स्थानीय सरकार बनेपछि स्थानीय पालिकामा आउन पाउने आशले संघको समायोजन प्रक्रियामा सहभागी भई कोहलपुर नगरपालिका स्थित विभिन्न स्वास्थ्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई कार्यपालिकाको श्राबण ११ गते बसेको बैठकको निर्णय नं. १० को बिबिध ङ मा उल्लेख गरि कर्मचारीको मनोबल गिर्नेगरि प्रहार गरेको हो ।

स्वास्थ्य शाखामा कार्यरत रहेका स्थायी कर्मचारीको नगरमा रहेका स्वास्थ्य संस्थामा कायम गराउन पहल गर्नुपर्नेमा भएका स्थायी दरबन्दीका कर्मचारीलाई संघमा पठाएर करारमा कार्यकर्ता भर्ती गर्न लागेको नगरपालिका माथि गम्भीर आरेप समेत छ ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखा मातहतमा कार्य गर्ने १६ वटा स्वास्थ्य संस्था रहेका छन । ३ वटा स्वास्थ्य चौकी, ११ वटा आधारभुत स्वास्थ्य केन्द्र, १ वटा शहरी स्वास्थ्य केन्द्र र १ वटा अस्पतालमार्फत कोहलपुरमा आमनागरिकलाई स्वास्थ्य सेवा दिंदै आएको भए पनि ३ वटा स्वास्थ्य चौकि बाहेक अन्य स्वास्थ्य संस्थामा दरबन्दी बिहिन तवरले सेवा प्रबाह भइरहेको छ ।

कोहलपुर, रझेना र शम्सेरगञ्ज स्वास्थ्य चौकिमा यस अघि संघले तोकेको दरबन्दीमा स्वास्थ्यकर्मी भए पनि नगर स्वास्थ्यले कर्मचारी एताउता गराउदै काम चलाउदै आएको पाइएको छ । स्थाइ दरबन्दी थप माग नगरेर अन्य १३ वटा स्वास्थ्य संस्थामा करार कर्मचारी मार्फत नै चलिरहेको र सो दरबन्दी माग गर्नुको सट्टा नगरपालिकाले तलब दिन असमर्थ जनाउदै फादिल कर्मचारी ब्यबस्थापन र संघमा नै फिर्ता गर्ने गरि निणर्य गरेको र यसबाट स्वास्थ्य सेवा नै प्रबाहित हुने तथा दिर्घरुपमा स्वास्थ्य क्षेत्रमा नै असर पर्ने जानकारहरु बताउछन ।

कुन स्वास्थ्य संस्थामा कति दरबन्दी रहेको र हाल कति कार्यरत रहेकोबारे नगरपालिकामा बुझन जादा यो तथ्याङ्क त प्रशासनमा हुन्छ भन्दै नगर स्वास्थ्य प्रमुख पुर्णबहादुर खडकाले प्रशासन जान सुझाएकोमा प्रशासनमा पुग्दा नगर स्वास्थ्यमा डिटेल डाटा हुन्छ भन्दै सुचना समेत अघोसित रुपमा नदिने रणनीति अबिलम्ब गरेको पाइयो । सत्य तथ्य डाटा सहित औचित्य पुष्टि नगरि निर्णय आएकाले कर्मचारीहरुमाझ झन अन्योलता सिर्जना भएको छ ।

नगरपालिका भित्र अन्य शाखा भएपनि नागरिकको आधारभुत स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्यलाई नै किन प्रहार गरिएको हो नागरिकहरुले अनेकन अडकल काटन शुरुवात गर्न थालेका छन । संघले समायोजन मिलान गरिसकेपछि दरबन्दी छैन र छ भन्ने नै हुदैन यो त स्थानीय तहलाइ दिइएको जिम्मा हो हाम्रो दरबन्दी कोहलपुरमा नै हो एक स्वास्थयकर्मीले आफनो नाम नबताउने शर्तमा बताए ।

कार्यपालिकाको यो निर्णयले स्थानीय सरकारले संघिय सरकारले गरेको निर्णयलाई ठाडो अस्विकार गरेको देखिन्छ, नेपालको संविधानको मर्म विपरित स्थानीय सरकार हिडन खोजेको ती कर्मचारीको आरोप रहेको छ । अधिकांश कर्मचारीहरुले समायोजनको बेला स्थानीय तहलाई रोजुन भनेर सरकारले आब्हान गरेको आधारमा समायोजन भई हामी यहा काममा खटिएका हौं हामी फाजिलमा आएका हैनौ यो समस्या कोहलपुरको मात्र नभएर देश भरकै समस्या भएको उनको ठम्याइ रहेको छ ।


१६ वटा स्वास्थ्य संस्थामा काम गर्न कर्मचारी अपुग छ कोही बिना काम बसेको छैन कर्मचारी फाजिल कसरी भए उनको प्रतिप्रश्न रहेको छ । आधारभुत अस्पताल कोहलपुरमा २ जना डाक्टर १ जना सिनियर अहेब र १ जना नर्स कार्यरत रहेका छन यो अस्पतालका लागि अत्यन्त न्युन जनशक्ति हो । यस अस्पताललाई जनशक्ति पुगेको हो कि नपुगेको हो राजनैतिक चश्मा उतारेर हेर्नुस फाजिल जरुर देखिने छैन उन्को तर्क रहेको छ ।

स्वास्थ्य शाखामा स्विकृत दरबन्दीमा २१ जना कार्यरत रहेका छन २१ जनाको दरबन्दीले १६ वटा संस्था कसरी हाक्न सक्छ आम नागरिकको चासोको बिषय रहेको छ । संघिय मन्त्रालयले आबश्यक भएका कर्मचारी राख्नु र तलब खुवाउनु यदि तलब खुवाउन नसक्ने भएमा कर्मचारीको दरबन्दी जहा छ त्यहि पठाउनु भन्ने कुरालाई आधार मानेर नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ तर यसबारे लिखित पत्र नगरपालिकाले कर्मचारीहरुलाई देखाउन सकेको भने छैन ।

अब उप्रान्त थप गरिए तलब दिन नसक्ने भन्ने कुरा सचिब स्तरीय कुराकानिमा भनिएको हो समायोजन र मिलान भएकालाई तलब नदिने भनेका छैनौ, तत्कालिन ऐनमै समायोजन गर्ने बेला ब्यबस्था गरिएकाले दायित्व भरणको काम पनि संघिय सरकारको रहेको मन्त्रालयको उच्च स्रोतले भन्यो ।

नगरपालिका भित्र रहेका स्थानीय सरकारका प्रतिपक्ष नगर पार्टिका प्रतिनिधिहरुले समेत नगरपालिकाको यस कार्यको बिरोध जनाएका छन । स्थानीय सरकारबाट रोजगारी सिर्जना गरिनुको साटो भएकालाई समेत ब्यबस्थापन गर्न नसकेर फिर्ता पठाउने निर्णय आउनु दुखत भएको नेकपा एकिकृत समाजबादिकी अध्यक्ष नारायाणी वलिले भनिन ।

कोभिड १९ को बेला जोखिमपुर्ण त्रासदिपुर्ण समयमा काम गरेका कर्मचारीहरुलाई नगरपालिकाले पुरस्कृत गर्नुको साटो दण्डित गर्न तम्सेको आरोप लगाएका छन । विकासको कामहरुलाई लथालिंग पारेर नगरपालिका कस्लाई राख्ने र कस्लाई फाल्ने भन्ने धाउन्नमा छ बिगतका कर्मचारीहरुले गरेको योगदान प्रति स्थानीय सरकार उदाशिन रहेको एमाले कोहलपुर सचिब माधब रिजालले दाबि गरे ।

स्थानीय सरकारले आबश्यक मात्रामा कर्मचारी परिचालन गर्न नसकेको तर फाजिल भन्दै फिर्ता गर्न लागेको भन्ने निर्णय हास्यास्पद रहेको औंल्याएका नेकपा माओबादी केन्द्रका अबराज खडकाले निर्णय अबिलम्ब सच्च्याउन नगरपालिकाको ध्यानाकर्षण गराएका छन ।

त्यसैगरि नेमकिपाका अध्यक्ष खडकराज थापाले स्थानिय सरकार अघिल्लो सरकारले गरेका हरेक निर्णय उल्टयाउन र आफु अनुकुल बनाउन लागेको प्रति इंगित गर्दै स्थानिय सरकारले बेरोजगारहरुलाई रोजगारी सिर्जना गर्नुको साटो रोजगार पाएकाहरुलाई बेरोजगार बनाउन तिर लागेको प्रति दुख ब्यक्त गरेका छन ।
उद्यपि स्थानिय सरकार पक्षका वडा अध्यक्ष एबं नेपाली कांग्रेसका नगर सभापति बीरेन्द्र बहादुर शाहले कर्मचारी हटाउने कुनै आग्रह पुर्बाग्र नभएको भन्दै बजेट अभाब र बढि भएका कर्मचारीलाई मात्र सो निर्णय गरेको भन्दै उक्त निर्णयको बचाउ गरेका छन ।

कर्मचारी सम्बन्धित मन्त्रालयमा पठाउने निर्ण भएसगै कोहलपुरमा यस बिषयमा औपचारीक तथा अनौपचारीक कार्यक्रमको थालनि गरिएको छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालले प्रतिकार गर्दै शशक्त रुपमा शंघर्ष गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते हुने

१५ श्रावण २०७९, आईतवार १८:५३
नेपालगञ्ज : हरेक वर्ष आयोजना हुने धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं […]