दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सदरलाइन संवाददाता ९ फाल्गुन २०८०, बुधबार १७:२९
 

नेपालगञ्ज : दाङको घोराही–तुलसीपुर सडकखण्डमा बुधवार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल बुधवार बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लागुऔषध सहित ३ जना पक्राउ

९ फाल्गुन २०८०, बुधबार १७:२९
नेपालगञ्ज : बाँकेको राप्तिसोनारी गाउँपालिका–८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका–५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ […]