हराएको रकम बाँके प्रहरीले फेला पारी बुझायो

सदरलाइन संवाददाता २५ जेष्ठ २०७९, बुधबार १४:३५
 

नेपालगञ्ज : बाँके प्रहरीले हराएको रकम फेला पारी सम्बन्धीत व्यक्तिलाई बुझाएको छ ।

प्रहरीले राप्तिसोनारी गाउँपालिका वडा नं.३ घर भई हाल नेपालगञ्ज बस्दै आएकी रमिला चौधरीलाई हराएको ४२ हजार ५ सय रकम फेला पारी बुझाएको हो ।


चौधरीले जानकी ३ बेलभारस्थित उक्त रकम हराएको भनी प्रहरी चौकी साईगाउमा जानकारी गराएपश्चत् प्रहरीले खोजी शुरु गरेको थियो ।

उक्त प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकी ३ शिवपुरीस्थितबाट उक्त रकम फेला पारी चौधरीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा लागुऔषध हित ३ जना पक्राउ

२५ जेष्ठ २०७९, बुधबार १४:३५
कैलाली : अवैध लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, कञ्चपुर पुनर्वास नगरपालिका ०१ बस्ने बर्ष ४२ को डब बहादुर तामाङ, सोही ठाउँका बर्ष ३५ को कान्छा तामाङ र बर्ष २८ की अन्जु सार्की रहेका छन् । प्रहरीका अनुसार, बिशेष गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले डब […]