सडक दुर्घटनामा बर्दियामा एकको मृत्यु

१५ फाल्गुन २०७६, बिहीबार १३:१८
 

सदरलाइनडटकम,
बर्दिया : सडक दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मढेलाका २४ वर्षीय निरक शाहीको मृत्यु भएको हो ।
भे ८ प ९१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ च ९६० नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किँदा सोही ठाउँका जीवन बडुवाल घाइते भएका छन् । दुर्घटनामा घाइते भएका शाहीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते बडुवालको कोहोलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचार भईरहेको छ । जीप र चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए ।

Next Post

दिल्ली हिंसामा मर्नेको संख्या पैंतिस पुग्यो

१५ फाल्गुन २०७६, बिहीबार १३:१८
सदरलाइनडटकम, काठमाण्डौ : हिंसाको आगोमा जलिरहेको दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता कानुनको विपक्षमा प्रदर्शन चलिरहेको छ । प्रदर्शन चर्कँदै जाँदा हिंसाले उग्ररुप लिएको छ । बिहीवार गगनपुरीमा रहेको एक नालीमा दुई वटा शव भेटिएको छ । गत बुधवार पनि खजूरी खासको नालीमा आईबी अधिकारी अंकित शर्माको शव भेटिएको थियो । अब […]