नेपालगञ्जमा सूचनाको हकसम्वन्धी अनुशिक्षण

१६ जेष्ठ २०७६, बिहीबार १८:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सुशासन र सूचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम बिहीवार नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा बोल्दै मेयर डा. धवल शम्सेर राणाले स्थानीय तह स्थापना पश्चात् बजेटको आकृति बढेपछि स्थानीयको चासो बढेको बताए ।
विकास निमार्ण तथा अन्य योजनाहरुको पारदर्शिता र सुशासनका लागि सूचनाको हक महत्वपुर्ण औजार भएको बताउँदै उनले केही झण्झटिलो कानूनी प्रक्रिया र श्रमदानले काम हुन नसकेर बजेट फ्रिज हुने सम्भावना बढेको जिकिर गरे । उपमेयर उमा थापा मगरले जुनसुकै निकायमा सूचना माग्दा सही नियत र सत्य तथ्यरुपमा सूचना माग्नुपर्नेमा जोड दिदै त्यसको गलत प्रयोग गर्न नहुनेमा जोड दिइन् ।
उनले नेपालगञ्ज उपमहानगरपालिकाले सुशासन र पारदर्शिताका लागि विभिन्न संयन्त्रको विकास गरि सूचना प्रवाह गरिरहेको जानकारी दिइन् । कार्यक्रममा स्थानीय तहमा संघियता, यसको प्रयोग, सुशासन र सूचनाको हकका बारेमा सूचना विज्ञ तथा अभियन्ता धमेन्द्र झाले सहजीकरण गर्दै स्थानीय तहमा प्रभावकारी सुशासन कायम गर्नका लागि नागरिकको ठुलो साँचो सूचनाको हक भएको बताए ।
संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २३ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य र विभिन्न शाखा प्रमुख तथा वरिष्ठ कर्मचारी गरि ५० जनाभन्दा बढीको सहभागिता रहेको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिए ।

Next Post

शैक्षिक महोत्सवप्रति विद्यार्थीको मोह बढ्दै

१६ जेष्ठ २०७६, बिहीबार १८:१७
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरास्थित ज्ञानोदय नमूना माविमा विहीवारदेखि शुरु भएको शैक्षिक महोत्सवमा विद्यार्थी उत्साहित बनेका छन् । आफ्नो प्रतिभा प्रष्फुटन गर्न पाउँदा खजुरा क्षेत्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थी महोत्सवमा उत्साहित बनेका हुन् । महोत्सवमा चित्रकला, अनुलेखन, पठनबोध, हाजिरीजवाफ, गायन, एकल नृत्य सामूहिक नृत्य, कविता वाचन, शैक्षिक सामग्री मूल्यांकन, […]