नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन करिब हजारले लिए सेवा

सदरलाइन संवाददाता ३ चैत्र २०७८, बिहीबार १४:१७
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकामा आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको निशुल्क स्वास्थ्य शिविरमा करिव एकहजारले सेवा लिएका छन् ।

कतार च्यारेटीको आर्थिक सहयोगमा नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरवप्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठूलो संख्यामा सेवाग्राहीले सेवा लिएका हुन् ।

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा दुई दिनसम्म सञ्चालन गरिएको सो स्वास्थ्य शिविरमा पहिलो दिन ६ सय ७८ जना र दोस्रो दिन ३ सय महिला पुरुष र बालबालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएर औषधि समेत निशुल्क बितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले जानकारी दिए ।


स्वास्थ्य परिक्षण गराएका ९ सय ७८ जना मध्ये जटिल किसिमका रोग भएका २ सय ८८ जनाले भिडियो एक्सरे, नर्मल एक्सरे, ईसिजी र विभिन्न रगत परीक्षणको सेवा लिएका बाँके युनेस्को क्लवका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए ।

नरैनापुर जस्तो बिकट स्थानमा पहिलो पटक प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्सरे, ईसिजी लगायतका सुविधाहरुसहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा स्थानीयले आभार व्यक्त गरेका छन् । नरैनपुर–५ का स्थानीय पेशकार सिंहले आफ्नै गाउमै विषेशज्ञ सेवा सहितको स्वास्थ्य शिविर आयोजना हुनु अत्यन्त हर्षको कुरा भएको बताए ।

सो शिविरमा नेपालगञ्ज मेडिकल कलेजका नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेल, मेडिसिन विशेषज्ञ फिजिसियन डा.शिशिर रेग्मी र बालरोग विशेषज्ञ डा. राजेश केसी, हाडजोर्नी विशेषज्ञ डा. आधार बेल्वासे, सर्जरी डा. दिवस थापा, छाला तथा यौनरोग डा. सविन कँडेल, रेडियोलोजी डा. त्रिदेव चौरसिया, स्त्रीरोग विशेषज्ञ डा. कविता सिन्हा लगायतले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा बाँके युनेस्को क्लबका उपाध्यक्ष पन्चम गुरुंग, नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी अब्दुल हुसेन खाँ, क्लवका कार्यकारी निर्देशक रबी तुलाधरलगायत लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरका स्वास्थ्यकर्मी र कर्मचारीले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

३ चैत्र २०७८, बिहीबार १४:१७
काठमाण्डौ : सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिए । सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य […]