पानी नपर्दा बाँकेमा साठी प्रतिशत खेत बाँझै

सदरलाइन संवाददाता ३२ असार २०७९, शनिबार १३:५६
 

नेपालगञ्ज : बाँकेमा लामो समयसम्म पानी नपर्दा ६० प्रतिशत खेत बाँझै छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकाँश स्थानमा सिँचाई अभावमा रोपाई हुन नसकेको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईका अनुसार खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै बर्षात नभएपछि जिल्लाका कतीपय स्थानको रोपाइ प्रभावित भएको छ भने अत्यधिक गर्मी र पानी अभावका कारण लगाएको बाली सुक्न थालेको छ ।

असारको दोस्रो साता पहिलोपटक परेको पानी र सिँचाई सुविधा पुगेका केही स्थानमा धान रोपाई गरेपनि आकाशे पानीको भर पर्ने किसानले खेत बाँझै राखेको उनको भनाइ छ ।


गत वर्ष पर्याप्त वर्षा हुँदा हालसम्म जिल्लामा ९५ प्रतिशत रोपाई सकिएको थियो । तर यस वर्ष पानी नपर्दा हालसम्म करिव ४० प्रतिशत मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । जसमध्ये सबैभन्दा बढी राप्तीसानोरीमा ३० प्रतिशत र नरैनापुरमा १० प्रतिशत मात्रै धान रोपाई भएको छ ।

पानी नपरेपछि किसानहरु नालाको फोहोर पानी मोटर पम्पको सहायताले तानेर सिँचाई गर्न बाध्य छन् । पानी पर्ने आसमा जेनतेन रोपाई गरेका किसानपनि लामो समयसम्म पानी नपर्दा समस्यामा परेको बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर दाङमा बालकको मृत्यु

३२ असार २०७९, शनिबार १३:५६
नेपालगञ्ज : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो । […]