एमालेबाट ‘गाई र दाई’ अभियानकैले टिकटको दवा गरेपछि…

३१ चैत्र २०७३, बिहीबार १०:४०
 

सदरलाइनडटकम
३१ चैत, नेपालगन्ज : एमाले बाँके निर्वाचन क्षेत्र नं. ३ भित्र रहेका पुराना गाविस र नेपालगन्ज उप–महानगरपालिकामा उम्मेदवार सिफारिस प्रकृया मै विबाद देखिएको छ । पार्टीको नेपालगन्ज उप–महानगरपालिकाका पुराना वडाहरु १ देखि १७ मा बढी यो समस्या देखिएको हो ।
पार्टीका जिल्ला नेतृत्व र पदाधिकारीहरुले ‘अवसरबादी’हरुलाई उकास्दै स्थानीय
पार्टी कमिटीमा उम्मेदवार सिफारिस
मै प्रथामिकतामा पार्नुपर्ने गरी चलखेल
सुरु गरेपछि विवाद चुलिदै गएको हो।
२०७० सालको संविधान सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान नगरी ‘गाई र दाई’को पक्षमा प्रचार गर्नेदेखि मतदान गर्ने कार्यमा सक्रियहरुलाई पदाधिकारीहरुले काखी च्यापेको कारण नेपालगन्जका हरेक वडा कमिटीमा समस्या देखिएको एक नेताले बताए ।
नेपालगन्ज उप–महानगरपालिका र क्षेत्रनं. ३ मा करिव ६ हजार ५ सय बढी पार्टीका संगठित सदस्य मतदाता रहेको क्षेत्रमा पार्टीका जिम्मेवार नेताले व्यक्तिगत स्वार्थले चलाएको अभियान ‘गाई र दाई’को कारण २०७० दुई हजार ५ सय पनि पार्टीको उम्मेदवारलाई मत खसेको थिएन ।
२०५४ सालको स्थानीय निर्वाचनमा मेयर उपमेयर सहित बहुमत जित हासिल गरेको नेपालगन्ज उप–महानगरपालिकामा बैशाख ३१ गते हुन गई रहेको स्थानीय निर्वाचनमा पार्टीका जिल्ला पदाधिकारीहरुले नै गुट–उपगुटमा रमाउदै टिकट सिफारिसमा चलखेल गर्न थालेपछि विवाद भित्रभित्रै भुसको आगो झै फैलिएको ती नेताको दावी छ ।
उनले भने– ‘गाई र दाई’ अभियानका सक्रिय सदस्यहरुलाई नै पार्टी जिल्ला कमिटीका पदाधिकारीले काखी च्यापेर टिकट दिने कुराको लबिङ्ग गर्न सुरु गरेपछि पार्टीमा निरन्तर काम गर्दै आएका र ‘गाई र दाई’ अभियानमा नलागेकाहरुले टिकट नपाउने खतरा बढेको छ ।’
यतिबेला पुरानो नेपालगन्ज नगरपालिकाको सबै वडामा भेला छलफल र संभावित उम्मेदवार सिफारिस गर्ने काम हुँदै आएको छ । पार्टीको जनकार्यबाट टाढीएर बसेका, पटक–पटक अवसर पाएका, भुगोलको सामान्य जानकारी समेत नभएकाहरु नै पार्टी नेताको फेरो समातेर चुनाव जित्नु भन्दापनि टिकट लिएर हार्ने उम्मेदवार बन्नेहरुको भिड बढ्दो देखिएको छ ।
पार्टीको काम, भेला तथा अन्य गतिबिधिमा सक्रिय नहुनेहरु यतिबेला पार्टी कार्यालयमा दिनहुँ आउने, बर्षौदेखि पार्टी सदस्यता नबिकरण नगरी बसेकाहरुले सदस्यता नविकरण गराउने र आफु उम्मेदवारको दावेदार हुँ भन्नेहरु दिनहुँ थपिदै छन् ।
यसैबीच एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले पार्टीमा अवसरबादीलाई यो या त्यो बाहानामा टिकट नदिईने र पार्टीको आधिकारीक उम्मेदवारलाई बाहेक अनेत्र दायाँबाया गरेकालाई अवसर नदिने स्पष्ट पारे । उनले भने–‘पार्टीको काममा निरन्तर लागेको, जित्न सक्ने र विवाद रहितलाई स्थानीय कमिटीबाट आएको सिफारिसको आधारमा टिकट दिईने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेयर पदमा लड्न प्राध्यापक पदबाट राजीनामा  

३१ चैत्र २०७३, बिहीबार १०:४०
सदरलाइनडटकम  ३१ चैत, चितवन : स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिनुभएको छ ।   विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आउनुभएका घिमिरेले यसै महिनादेखि लागू हुने […]