जीप दुर्घटनामा मृतकप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जली

१८ मंसिर २०७६, बुधबार १७:४९
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज शोक विज्ञप्ति जारी गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।
गुल्मीको इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको, एक बेपत्ता र तीन गम्भीर घाइते भएको खबरले स्तब्ध बनाएको जनाउँदै मुख्यमन्त्री पोखरेलले बेपत्ताको खोजी कार्यमा प्रहरीलाई सघाउन बडिगाड तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक रहेको जनाए । उनले प्रदेश सरकारले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको जनाउँदै यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी, यातायात व्यवसायी, मजदूरलगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक रहेको उल्लेख गरेका छन् ।

Next Post

विकासको लागि एक हुन मन्त्री गिरिको आग्रह

१८ मंसिर २०७६, बुधबार १७:४९
सदरलाइन / लक्ष्मी तिमलसेना बैजनाथ (बाँके) : ५ नं प्रदेशका उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले राजनैतिक र बैचारिक हिसावले हरेक पार्टिको मत फरक भए पनि विकास निर्माणका कामहरुमा सबैको एकमत हुनुपर्ने बताएका छन । बाँकेको बैजनाथ गाँउपालिका वडा नं ६ मा रहेको न्यु हरियाली सामुदायिक बनको १३ […]