कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाई अध्यक्षमा थापा

सदरलाइन संवाददाता २४ असार २०७९, शुक्रबार १४:२९
 

नेपालगञ्ज : नेपाल विद्यार्थी संघ कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाई समितिको अध्यक्षमा शिशिर थापा चयन भएका छन् । दोस्रो अधिबेशनबाट थापाको नेतृत्वमा ३३ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।

नवनिर्वाचित इकाई कार्यसमितिको उपसभापतिमा देवेन्द्र पौडेल, रविन्द्र कठायत, रविन गौतम र सौगातजंग शाह, सचिवमा दिनेश मुडभरी र दिपेश दाहाल, सहसचिवमा दिप्ती खत्री, निर्मल बुढा क्षेत्री र कैलाशजंग शाही, कोषाध्यक्षमा दिपक मल्ल र सहकोषाध्यक्ष दिनेश बोगटी चयन भएका छन् ।


त्यसक्रममा नेविसंघ बाँकेका कार्यवहाक अध्यक्ष चक्र रावत, बागेश्वरी बहुमुखी क्याम्पसका नेविसंघ इकाई सभापति राम पाण्डे, उपसभापति डिल्ली रावल, नेविसंघका नेताहरु भरत खड्का, जीवन सुवेदी, सरोज विष्ट लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा तत्कालका लागि रगत अभावको समस्या टर्यो

२४ असार २०७९, शुक्रबार १४:२९
नेपालगञ्ज : बाँकेमा तत्कालका लागि रगत अभावको समस्या टरेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो । जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको संख्या बढेको छ । अहिले रगत अभाव टरेको रंक्त संचार केन्द्र नेपालगञ्जले जनाएको छ । केन्द्रले […]