मोहित शाहको अध्यक्षतामा बाँकेको खेलकुद बिकास समिति

सदरलाइन संवाददाता २७ श्रावण २०७८, बुधबार १३:१६
 

नेपालगञ्ज : जिल्ला खेलकुद बिकास समिति बाँकेको अध्यक्षमा मोहित शाह चयन भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषदले प्रदेशका १२ जिल्लामा खेलकुद बिकास समितिका अध्यक्ष चयन गरेको छ ।

शिक्षा तथा सामाजिक बिकास मन्त्री माननीय धर्म बहादुर लाल श्रृवास्तबको अध्यक्षतामा र लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिब भिम ओलीसहित बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुमा जिल्ला खेलकुद बिकास समितिहरुलाइ पुर्णता दिएको छ ।


बाँके जिल्लामा मोहित शाहको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो । मोहित शाह अध्यक्ष रहेको समितिमा उपाध्यक्ष कृष्णा पाठक, कोषाध्यक्षमा कमलेश कुमार पाठक रहेका छन् ।

त्यस्तै सदस्यहरुमा ललित सिंह, रहिम खान, चित्रा शिरीष, मकसुद अहमद हलवाई, गुरुवचन चौधरी, साकिर खान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार ३६ संक्रमित थपिँदा १४ जना डिस्चार्ज

२७ श्रावण २०७८, बुधबार १३:१६
नेपालगञ्ज : बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०९ वटा नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ८७ नमुना परीक्षण गर्दा १६, मेडिकल कलेज कोहलपुरमा ६९ नमुना परीक्षण गर्दा १४ र बागेश्वरी प्रयोगशालामा ५३ नमुना परीक्षण […]