पेस्तोलसहित रुपन्देहीबाट ३ भारतीय नागरिक पक्राउ

सदरलाइन संवाददाता २० असार २०७९, सोमबार १४:३१
 

रुपन्देही : रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो ।


गएराति करिब साढे ८ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्कबाट भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंका लागेर प्रहरी टोलीले पिछा गरेको थियो । प्रहरीका अनुसार पिछा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएपछि उनीहरु लडेका थिए ।

घटनास्थलमा प्रहरी पुगेर चेक गर्दा मोटरसाइकल चालक ३४ वर्षीय चिनक भनिने मेदि हुसेनको दायाँ कम्मरको पेटिबाट कालो प्लास्टिकको झोलाभित्र केएफ ९ एमएम लेखेको एक थान कटुवा पेस्तोल, २ राउण्ड गोली र एक थान चक्कु फेला परेको प्रहरीको भनाइ छ ।

मोटरसाइकलबाट लडेर घाइते भएका उनीहरूको प्रहरीको निगरानीमा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अनुहारमा चोट लागेको छ र अवस्था मध्यम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा पहिलो पटक घुँडाको जोर्नी प्रत्यारोपण

२० असार २०७९, सोमबार १४:३१
नेपालगञ्ज : नेपालगञ्जमा पहिलो पटक घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । बरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्का नेतृत्वको टिमले नेपालगञ्ज चार बाहिनी रोडस्थित हेल्थ केयर अस्पतालमा मंगलवार विहान कोहलपुर नगरपालिका–१४ हवलदारपुर बाँकेका ६७ वर्षीय लालबहादुर थापाको दाहिने घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक गरेको हो । थापा लामो समयदेखि […]