लिलाम सकारेको महिना पुग्दा पनि बैंकद्वारा नामसारी गर्न आनाकानी

रुद्र सुवेदी १९ असार २०७९, आईतवार १९:५६
 

नेपालगञ्ज : नेपाल बैंक लिमिटेड सिटि अफिस नेपालगञ्जबाट खोलिएको लिलाम धितो टेण्डर नामसारीमा केन्द्रीय कार्यालयबाटै आनाकानी गरेको पाईएको छ ।

रत्नलक्ष्मी ईन्टरप्राईजेज प्रलिको नाममामा धितो रहेको वीरेन्द्रनगर नगरपालिका–४ ऐरीचोकमा रहेका कित्ता नं. ३१२ को २६६.६८ बर्गमिटर क्षेत्रफलको धितो लिलाम टेण्डर नामसारीमा केन्द्रीय कार्यालयबाट सुनियोजित ढिलाई भएको पाईएको हो ।

आवश्यक प्रकृया पुरा गरी आव्हान गरिको धितो लिलाम टेण्डर बैकले गत जेठ १९ गते खोल्दा सो टेण्डर नेपालगञ्जका बलबहादुर विष्टलाई परेको थियो । उनले माथि उल्लेखित क्षेत्रफलको लिलाम धितो जमिनलाई २ करोड ७५ लाखमा सकारेका थिए ।

‘सरदर  टेण्डर खोलिएको हप्ता दिनभित्र सकार गरेको रकमसहित नामसारी  गर्न  बैंकले  बोलाउने प्रचलन रहे पनि महिना पुग्न थाल्दा पनि कुनै पनि रेस्पोन्स  बैंकबाट नआउदा भित्र भित्रै चलखेलको आशंका हुने ठाँउ देखिन्छ’– लिलाम टेण्डर सकारेका विष्टले सदरलाइन डटकमसंग भने ।


उनले टेण्डर आफुलाई परेपछि प्रायजसो नियमित बैंकको नेपालगञ्ज सिटि अफिस जाँदा पनि एक महिनादेखि  माथीबाट सदर भएर आएको छैन भन्ने  जवाफ आउने गरेको बताए । ‘लिलाम भएर पार्टीले सकार गरिसक्दा पनि बैंकबाट अलमल हुनु आश्चर्यको कुरा भएको छ’– उनले भने ।

उनले बैकको अलमलको कारण उत्पन्न भएको परिस्थितिका कारण सो धितो लिलाम प्रकृयाको बारेमा जानकारी हुने गरी सूचनाको हकको प्रयोग गरी सूभना समेत माग गरेको बताए ।

यसैबीच नेपाल बैंक लिमिटेट नेपालगञ्ज सिटि अफिसका प्रबन्धक रुपेश श्रीबास्तबले धितो लिलाम टेण्डरको विषयमा कारवाही अगाडि बढाउन केन्द्रमा शाखाको तर्फबाट लेखि पठाएको भए पनि केन्द्रमा बोर्डका कारण ढिलाई भएको बताए । उनले भने–‘ हामीले धितो लिलाम टेण्डरका बारेमा केन्द्रमा लेखि पठाएका छौ, केन्द्रमा बोर्ड बस्न नसकेर केही ढिलाई भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोपिएका विरुवाको संरक्षण गर्नु सबैको दायित्व हो : मन्त्री हमाल

१९ असार २०७९, आईतवार १९:५६
नेपालगञ्ज : लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले बोटविरुवाको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । ‘हरित सडक लुम्बिनी प्रदेशको पहिचान’ भन्ने मुख्य उद्देश्यसहित बाँकेको कोहलपुरमा सोमवार आयोजित बृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री हमालले रोपिएका विरुवाहरुको संरक्षण गर्नु राज्यको मात्र नभई स्थानीयबासीको पनि दायित्व भएको बताए […]