सिकलसेललाई लक्षित गरि बैजापुरमा स्वास्थ्य शिविर

सदरलाइन संवाददाता १२ असार २०७९, आईतवार १३:३४
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा सिकलसेल तथा थालेसेमियाका रोगी र बाहकहरुलाई लक्षित गरि उपचार तथा परामर्श स्वास्थ्य शिविर गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको स्क्रिनिङ शिबिरमा ५७२ जनाको रगतको नमुना जाँच गर्दा ९६ जना सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए ।

पाँच जना सिकलसेलका रोगीनै भेटिएका छन् । तिमध्ये ५८ जना सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटा थालसेमिया बाहक ३३ जना फेला परेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

रोगी र बाहक पत्ता लागेका अन्य परिवारका सदस्यहरुको समेत नमुना जाँच गर्ने तयारीमा स्वास्थ्य कार्यालय छ । शिविरमा सहभागी विज्ञ डा राजन पाण्डेले सिकलसेल तथा थालसेमियाका रोगी र बाहकहरुलाई उपचार तथा परामर्श सेवा दिएका थिए । रोगीलाई उपचार गर्नै पर्छ ।

तर सिकलसेल र थालसेमिया बाहकलाई भने उपचार गर्नु पर्दैन् । उनीहरुमा लक्षण र चिन्ह हुँदैन् । तर उनीहरुले आफ्नो भावी सन्तान निरोगी बनाउन विहेवारीमा विशेष ख्याल गर्नुपर्ने हुन्छ । यदि बाहक बाहक छ भने विहे नगर्न डा पाण्डेको सुझाव छ ।


यस्तो अवस्थामा छोराछोरी रोगी हुने सम्भावना बढी रहन्छ । यस्तै रोगी रोगीले पनि विवाह नगर्न उनको सुझाव छ । उनले रोगी वा बाहकले स्वस्थ व्यक्तिसँग विहे गरेपछि मात्रै भावी सन्तति निरोगी जन्मने र सिकलसेल र थालसेमिया जस्तो बंशाणुगत रोगलाई न्यूनिकरण गर्न सकिने बताए ।

त्यसका लागि किशोर किशोरीहरुले सिकलसेल र थालसेमियाको जाँच गर्न अत्यन्तै जरुरी छ । त्यही भएर स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा स्क्रिनिङ शिबिर आयोजना गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए ।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको रगतको नमुना जाँच गर्ने अभियाननै चलाइएको छ । राप्तीसोनारीमा थारु समुदायको बाक्लो बसोबास छ । सिकलसेल थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएपनि अन्य समुदायमा पनि देखिएको छ ।

थारु समुदायमा ९९ प्रतिशत देखिएको छ भने अन्य समुदायमा एक प्रतिशत देखिएको पाण्डे बताउँछन् । सिकलेसल रोगीलाई राज्यले उपचार खर्च वापत एक लाखसम्म दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ८७ प्रतिशत बालबालिकाले लगाए खोप

१२ असार २०७९, आईतवार १३:३४
नेपालगञ्ज : बाँकेमा ८७ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको फाइजर खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठवटै पालिकामा ८७ प्रतिशत बालबालिकाले खोप लगाएका हुन् । जिल्लामा ७६ हजार २३९ जनालाई खोप लगाउने लक्ष्य छ । ती मध्ये ६६ हजार […]