कोहलपुरमै खानेपानीको गुणस्तर परीक्षण हुँदै

सदरलाइन संवाददाता १० मंसिर २०८०, आईतवार १४:०८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर ११ मा रहेको बृहद् शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सर्वसाधारणले दैनिक रुपमा प्रयोग गर्ने खानेपानीको मिनि ल्याव मार्फत परीक्षण हुँदै आएको छ ।

नेपाल सरकराको खानेपानी गुणस्तर मापदण्ड अनुरुप २७ प्रकारका गुणस्तर परीक्षणमध्ये १८ प्रकारका गुणस्तर परीक्षण सेवाहरु सञ्चालनमा रहेको संस्थाका अध्यक्ष टेक नारायण भुसालले बताए ।

कोहलपुर नगरपालिका खानेपानी सरसफाई तथा स्वच्छताको अवस्था र दिगो विकास लक्ष्य प्राप्ती लागि गरिने कार्यक्रम अन्तरगत लुमन्ती बाँकेसंगको सहकार्यमा पानीमा देखिने बिभिन्न समस्याहरु धमिलोपन, कडापन, तापक्रम, क्लोराईड, क्याल्सियम, आर्सेनिक, कालिफर्म जस्ता १८ प्रकारका गुणस्तरको नापजाँच हुने गरेको छ ।

हेर्दा साना मानिएका स्वास्थ्यका बिषयहरुमा निति निर्माणमा सहयोग र बिभिन्न पैरवी गर्दै आएको लुमन्तिले स्वच्छ वातावरणयुक्त पालिका बनाउने लक्ष्य लिएर अघि बढाईरहेको स्वास्थ्य, शिक्षा, सरसफाई र खानेपानीका सवालहरुको स्तर मापन गर्दै कुन स्तरसम्म पुरयाउने भन्ने वारेमा पालिकाहरुले स्वामित्व ग्रहण गर्नुपर्ने बताएको छ ।


लुमन्तिका कार्यक्रम संयोजक सुर्य कुमार खडकाले बिभिन्न स्वास्थ्यसंग सम्बन्धित बिषयहरुको सचेतना फैलाउने, अन्तरसंबाद गर्ने, पानी सुरक्षा र खानेपानीको पहुचमा बृद्धिकालागि पैरवी गर्दै आएको भएपनि कार्यक्रमको अवधि सकिन लागेको औंल्याउँदै आफनो कार्यकालमा बाँकेमा ११ वटा खानेपानीका योजनाहरु सञ्चालमा आउने अवस्थामा भएको बताउदै स्थानिय सरकारले चासो दिएर स्वामित्व ग्रहण गरे दिगोरुपमा सञ्चालनमा आउने विश्वास ब्यक्त गरेका छन् ।

बिभिन्न स्वास्थ्य संस्था, खानेपानी, बिद्यालयहरुमा सरसफाईजन्य कार्यक्रमलाई सञ्चालन गर्दै आएको लुमन्तिले केहि विद्यालयहरुमा नमुनाका रुपमा छात्राहरुलाई छात्रा मैत्रि शौचालय र मिन्स हुँदा प्रयोगमा आउने प्याड सहजै पहुँच पुग्ने र फेर्न मिल्ने भेन्डिङ मेसिन सहितको महिनावारी मैत्रि भवनको समेत निर्माण गरि प्रयोगमा ल्याएको छ । यस्ता नमुना कार्यक्रमलाई अन्य बिद्यालयमा पनि लैजान सके त्यहाँ अध्यनरत छात्राहरुलाई सहजता हुने लुमन्तिका कार्यक्रम अधिकृत लाल बहादुर बुढाथोकीले विश्वास ब्यक्त गरे ।

पालिकाहरुमा दिशाजन्य लेदो पदार्थ र अन्य फोहर ब्यबस्थापनका बिषयहरु जटिल बन्दै गएको औंल्याउदै अधिकृत बुढाथोकिले स्वच्छ वातावरणका लागि पालिकाहरुले दिगो कार्यक्रम ल्याउन ढिलाई नगर्न समेत अनुरोध गरेका छन् । अझैपनि कोहलपुर नगरपालिका भित्र खानेपानीका लागि ७४ प्रतिशत मानिसहरुले कलधाराको पानी प्रयोग गर्ने गरेको तथ्यांक रहेको छ ।

२४ प्रतिशत मानिसहरु खानेपानीका धारा जडान गरि पानी उपभोग गर्ने गरेका छन् भने २ प्रतिशतले डिप बोरीङको पानी उपभोग गर्दै आएका छन् । ४ प्रतिशतका घरमा शौचालय नै नभएको अवस्था रहेको छ भने ब्यक्तिगत स्वास्थ्य सुरक्षामा समेत चासो नदिने समुदाय रहेको तथ्यांक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा लागूऔषधसहित २ जना पक्राउ

१० मंसिर २०८०, आईतवार १४:०८
नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिका–८ पशुपति बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय ७० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । गुलरीया नगरपालिका–११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोबी पक्राउ पारेका हुन् । ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी […]