विद्युत अनियमितताबारे बाँके प्रशासनको गराइयो ध्यानाकर्षण

सदरलाइन संवाददाता १ असार २०७९, बुधबार १४:०१
 

नेपालगञ्ज : अनियमित विद्युतको समस्याबारे नेपाली काँग्रेसले बाँके प्रशासनको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलको नेतृत्वको काँग्रेस टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अनियमित विद्युत समस्या सल्टाउन आग्रह गरेको हो ।

सबैभन्दा बढी गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ र लो भोल्टेजका कारण आम सर्वसाधरणको दैनिकी कष्टर बनेको भन्दै विद्युत समस्या तत्काल सल्टाउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी लिनु पर्ने पार्टी सभापति गौडेलले बताए ।

यसैपनि तापक्रम ४० डिग्री हाराहारीमा छ । गर्मीले आमसर्वसाधरण आक्रान्त भएका छन् । त्यसैमा घण्टौं वत्ति जाने र वत्ति भएपनि लो भोल्टेजका कारण पंखै समेत नचल्ने अवस्था छ ।

नागरिकको अधिकारनै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइरहेको गैरजिम्मेवारपूर्ण व्यवहारप्रति काँग्रेसले आप्mनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


छिनछिनमा आउने जाने वत्तीले सर्वसाधरणदेखि व्यापार, व्यवसाय एवम् कलकारखानाले समेत क्षति व्यहोर्नु परेको छ । लो र हाई भोल्टेज भइरहने समस्याले इलेक्ट्रोनिक्स सामानमा क्षति पुगेको भन्दै यसतर्फ गम्भीर हुन गौडेलले आग्रह गरे ।

त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले नेपालगञ्जको विद्युत समस्याबारे आफु गम्भीर रहेको बताए । उनले समस्या समाधानका लागि पहल गर्ने आश्वसन दिए ।

पार्टी सभापति गौडेलको नेतृत्वमा काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पार्टी उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, सहसचिव रेणु सिंह, क्षेत्र नं.१ का क्षेत्रीय सभापति पोषण केसी, २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, ललित कुमार रौनियारलगायत सिडिओ कार्यालय पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

१ असार २०७९, बुधबार १४:०१
नेपालगञ्ज : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु […]