लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

सदरलाइन संवाददाता १ असार २०७९, बुधबार १४:३७
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए ।

वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा. ढकालले बताए ।


मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो ।

प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानमा तीर्थयात्रु बोकेको जीप दुर्घटना, एकको मृत्यु

१ असार २०७९, बुधबार १४:३७
नेपालगञ्ज : प्युठानमा तीर्थयात्रु बाकेको जीप दुर्घटनामा परेको छ । भारतबाट स्वर्गद्वारी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले बताए । उनका अनुसार जीप दुर्घटनामा एकको मृत्यु भएको छ । तर मृतकको परिचय खुलेको छैन भने कति जना घाइते भए भन्ने […]