बर्दियामा १५ जनामा कुष्ठरोग

सदरलाइन संवाददाता १५ माघ २०७९, आईतवार १४:५४
 

बर्दिया : बर्दियामा यस चालु आर्थिक वर्षमा १५ जना कुष्ठरोगी भेटिएका छन् । जसमध्ये १४ वर्षमुनिका दुई जनामा कुष्ठरोग लागेको छ । गुलरिया नगरपालिका—१ मा एक र बढैयाताल गाउककपालिका—८ मा एक गरि दुई जनामा कुष्ठ रोग लागेको छ ।

तीमध्ये पुरुष ९ र महिला ६ जना कुष्ठरोगका बिरामी रहेका छन्। आर्थिक वर्ष ०७८/०७९ मा ६३ जनाले उपचार गराएका थिए । विगतको तुलनामा कुष्ठरोगीको संख्या घटेपनि आर्थिक वर्ष असार सम्म यो संख्या बढ्न सक्ने अनुमान स्वास्थ्यकर्मीको रहेको छ । स्वास्थ्य कार्यालय, बर्दियाको आयोजनामा ७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार गुलरियामा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले प्रतिशतको आधारमा कुष्ठरागीको संख्या जोखिम रहेको बताए । जिल्लामा १ दशमलव २३ प्रतिशत कुष्ठरोगी रहेको उनले जनाए ।


सरकारले कुष्ठरोगीका लागि निःशुल्क औषधि र यातायात खर्च उपलब्ध गराएको छ । समयमा उपचार नगरे अपाङ्गता हुने खतरा रहेको स्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीले बताए । ०६६ साल माघ ५ गते मुलुकभर कुष्ठरोग निवारण गरेको घोषणा गरेपनि तराई लगायत पहाडी जिल्लामा प्रकोपका दर उच्च रहेको छ । आव ०७८/०७९ मा नेपालमा २ हजार ३ सय ७३ जनामा कुष्ठ रोग लागेको थियो । छिमेकी मुलुक भारतका सीमावर्ती गाउककबाट पनि कुष्ठरोग उपचारका लागि यहाँ आउने गरेका छन् ।

कुष्ठरोग एक सरुवा रोग भएकोले श्वासप्रश्वासको माध्यम्बाट सर्ने गर्छ । कुष्ठरोगका बिरामीले अवस्था हेरेर ६ महिना देखि १ वर्ष सम्म नियमित औषधि सेवन गर्नुपर्दछ । स्वास्थ्य अधिकृत चौधरीले सबै सरकारी स्वास्थ्य संस्थानमा कुष्ठरोगको उपचार र औषधी निःशुल्क रुपमा पाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीमती र छोरालाई आगो लगाई फरार भएका विक पक्राउ

१५ माघ २०७९, आईतवार १४:५४
नेपालगञ्ज : कोहपलुर नगरपालिका २ शक्तिनगरमा श्रीमती र छोरालाई आगो लगाई फरार रहेका भानुभक्त विकलाई प्रहरीले पक्राउ गरेको छ । आइतवार राती करिब साढे १२ बजेको समयमा भारतीय सिमानाका जमुनाहाबाट प्रहरीले विकलाई पक्राउ गरेको कोहलपुर ईलाका ईन्चार्ज एवं प्रहरी नायव निरीक्षक ऐन बहादुर मल्ले जानकारी दिए । उनका अनुसार प्रहरीको […]