खजुरामा कोभिड नियन्त्रणका बारेमा अभिमुखिकरण

सदरलाइन संवाददाता ३० जेष्ठ २०७९, सोमबार १४:२८
 

खजुरा (बाँके) : कोभिड नियन्त्रण सम्बन्धी खजुरामा अभिमुखिकरण गरिएको छ । पछिल्लो केहि दिन यता कोभिडका नयाँ बिरामी भेटिन थालेपछि खजुरामा रहेको नागरिक आरोग्य सेवा केन्द्र खजुराले सरोकारवालाहरु बीच अभिमुखिकरण गरेको हो ।

खजुरा गाउँ पालिकाको सहयोगमा सन्चालन गरिएको सचेतनामुलक कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड बाट जोगिन भौतिक दुरिका साथै सरफफाइमा ध्यान दिन पर्नेमा जोड दिएका थिए । सचेतनामुलक कार्यक्रमको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, सम्पुर्ण वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, स्वास्थ्य इन्चार्जहरु, महिला स्वास्थ्य स्वयम् सेबिकाहरु, कृषि, पशुसेवा र नागरिक आरोग्य सेवा केन्द्रका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

कोभिड सम्बन्धि बिषयबस्तुको प्रशिक्षण स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल ,बाके आयुर्वेद स्वास्थ्य केन्द्रका डा. गिता रेग्मीले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य किरण खनाल र कार्यक्रम सञ्चालन प्रकाश गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका थारू समुदायमा सिकलसेल तथा थालसेमिया अधिक

३० जेष्ठ २०७९, सोमबार १४:२८
नेपालगञ्ज : बाँकेका थारू समुदायमा सिकलसेल तथा थालसेमिया रोगको प्रकोप अधिक मात्रामा देखिएको छ । सिकल सेल तथा थाल सेमिया रोगले थारू समुदायलाई गाँज्दै लगेको छ । जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ठूलो संख्यामा थारू समुदायका मानिसलाई यो रोग देखापरेको छ । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै एक […]