ट्रकको ठक्करबाट कोहलपुरमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता ६ माघ २०७८, बिहीबार १५:२३
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुर–१४ हवल्दारपुरमा बुधवार राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे. १ क. १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो ।


ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् । फरार चालकको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार १०७ जनामा कोरोना पुष्टि

६ माघ २०७८, बिहीबार १५:२३
नेपालगञ्ज : बाँकेमा बिहीवार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल […]