बाँकेको एक सुधार केन्द्रमा रहेका युवकको मृत्यु

सदरलाइन संवाददाता १८ जेष्ठ २०७९, बुधबार १७:१५
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित सभ्य पाइला सुधार केन्द्रमा रहेका युवकको मृत्यु भएको छ । बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार उपचारका लागि अस्पताल लैजाँदै गर्दा जानकी गाउँपालिका –२ चौधरीपुरका हिक्मत थापाको मृत्यु भएको हो ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोमबारदेखि सुधार केन्द्रमा बस्दै आएका थापा एक्कासि बिरामी परेपछि बुधवार बिहान अस्पताल लगिएको थियो । परिवारले घटनाको वास्तविक छानबिन गरी दोषीउपर कारबाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन

१८ जेष्ठ २०७९, बुधबार १७:१५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगरको सौन्दर्यप्रति जिम्मेवार बन्न सम्वद्ध शाखा प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतरोडको ग्रिनरी क्षेत्रमा लगाइएका फुलका विरुवा काँटछाँट गर्नेक्रममा केही फुल समेत काटिएको विषय सामाजिक सञ्जाल सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख विष्टले बुधबार वातावरण शाखा, सरसफाई शाखाका प्रमुख तथा सम्वद्ध कर्मचारी(माली)हरुलाई […]