जमुनाह हेल्थ डेस्कद्वारा ८५ हजार ५ सयको कोरोना परिक्षण

सदरलाइन संवाददाता ११ जेष्ठ २०७९, बुधबार १४:५१
 

नेपालगञ्ज : भारतीय सीमापारीबाट आउनेमा नेपाली नागरिकमा कोरोना संक्रमण रहे नरहेको जाँच गर्नको लागि जमुनाह नाकामा स्थापना गरिएको हेल्थ डेस्कले करिब ९० हजार नागरिकको सीमा क्षेत्रमै कोरोना परिक्षण गरेको छ ।

नेपालगञ्ज उपमहानगरद्वारा २०७७ चैतमा सञ्चालनमा ल्याईएको सो हेल्थ डेस्कले २०७९ जेठ ९ गतेसम्म ८५ हजार ५ सयको एन्टिजेनको माध्यामबाट कोरोना परिक्षण गरिएको हेल्थ डेस्कका ल्याब टेक्नेसियन चिरञ्जिबी ज्ञवालीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार भारतबाट नेपाल आउदै गरेका नागरिकको कोरोना परिक्षण गर्दा १ हजार ३ सय २ जनामा कोरोना पुष्टि भएको छ । सीमा क्षेत्रमा कोरोना पुष्टि भएका संक्रमितमा चिन्ह लक्षण देखिएकालाई कोरोना अस्पताल र चिन्ह लक्षण नदेखिएकालाई आईशोलेशनमा पठाउने गरिएको छ ।

यसैगरी सोही हेल्थ डेस्कले भारतबाट नेपाल आउने १६ हजार ३ सयको औलो परिक्षण गर्दा ३ जनामा संक्रमण भेटाएको, १ हजार १ सय ५७ जनाको क्षयरोगको परिक्षण गर्न खकार परिक्षण गर्दा १० जनामा टिबि संक्रमण भएको पाईएको र २ सय ६० जनाको एचआईभि परिक्षण गर्दा संक्रमित फेला नपरेको हेल्थ डेस्कका ल्याब टेक्नेसियन ज्ञवालीले जानकारी दिए ।


उनले भने–‘ कोरोना परिक्षण भारतबाट आउने सबैको गर्ने गरेको छ । रुघा ज्वरोको लक्षण भएकालाई औला, क्षयरोगसमेतको परिक्षण गर्ने गरिएको र रेण्डम्ली एचआईभी परिक्षण गर्ने गरिएको छ ।’

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जमुनाह नाकामा रहेको हेल्थडेस्कले भारतबाट आउनेको एन्टिजेनका माध्यामबाट कोरोना संक्रमण भए नभएको पत्ता लगाउने र संक्रमण भएको पाईएमा उनीहरुलाई उपमहानगरले निर्माण गरेको आइशोलेशन सेन्टरमा पठाउने गरिएको बताए ।

उनले नेपालगञ्ज उपमहानगरमा कोरोना खोपको पहिलो मात्रा करिब ९८ प्रतिशतले लगाएको र दोस्रो मात्रा पनि सोही हाराहारीमा लगाउने प्रयास भएकोे जानकारी दिदै भने–‘पहिलो मात्रा पनि कोरोना खोप लगाउन नपाएका वा छुटेकालाई उपमहानगरले वडानं. ४ को स्वास्थ्य संस्थाबाट नियमित खोप लगाई रहेको छ । नेपालगञ्ज उपमहानगरले पहिलो र दोस्रो संक्रमणबाट पाठ सिकेर आगामी दिनमा विपदको बेलामा काम गर्न सहज होस भनेर विभिन्न गतिविधि समेत गर्दै आएको छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा ट्रकले अटोलाई ठक्कर दिदाँ अटो चालकको मृत्यु

११ जेष्ठ २०७९, बुधबार १४:५१
कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर पिपलचौतारा नजिकै भारतीय ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । तीव्र गतीमा रहेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका कोहलपुर–१३ का अटो चालक २९ वर्षिय […]