नेपालगञ्ज : स्थानीय निर्वाचन सम्पन्न भएर पदभार ग्रहण गरेको एक हप्ता नबित्दै बाँकेको नेपालगञ्ज उपमहानगरमा कार्यपालिका चयनको विषयमा काँग्रेस–जसपा गठबन्धन फुटेको छ । गठबन्धनबाट जसपालाई बाहिर पठाउदै काँग्रेस–माओवादी र राप्रपाबीच नयाँ गठबन्धन निर्माण गरिएको हो ।
उपमेयर सहित ६ वडा अध्यक्ष सहित पहिलो स्थानमा रहेको जसपालाई किनारा लगाउदै कार्यपालिकाको निर्वाचनका लागि काँग्रेस, माओवादी केन्द्र र राप्रपाबीच गठबन्धन निर्माण गरिएको छ । जसपा–काँग्रेस गठबन्धनबाट काँग्रेसले मेयर सहित ५ वडा जितेको छ ।
नयाँ गठबन्धन अनुसार नेपालगञ्ज उपमहानगरको कार्यपालिका सदस्यहरुका लागि नेपाली काँग्रेसले ४ वटा जसमध्ये १ दलित अल्पसंक मध्यबाट १ र ३ निर्वाचित महिला सदस्यबाट, माओवादी केन्द्रले र राप्रपाले दलित अल्पसंक मध्यबाट १–१, निर्वाचित महिला सदस्यबाट १–१ जना पाउने भएको छ ।