दाङमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु

सदरलाइन संवाददाता ८ जेष्ठ २०७९, आईतवार १७:१६
 

दाङ : दाङमा कृतिम जलाशयमा डुबेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १७ डबरीमा रहेको आरोग्य ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका ८ वर्षीय आयुष घर्तीको मृत्यु भएको हो ।

शनिबार दिउँसो २ः३५ बजे आयुषसहित ९ बर्षीय शिलम पुन, १० बर्षीय आयुष सुनार र १० बर्षकै सुनिल सुनार पौडी खेल्न गएका थिए । अन्य तीन जना जलाशयको छेउमा पौडी खेलेका थिए ।


तर आयुष जलाशयको बिचमा पौडी खेल्न गएपछि डुबेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । आयुष डुबेको खबर अन्य बच्चाहरुले तत्कालै घरमा भनेपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।

त्यस लगत्तै प्रहरी घटना स्थल पुग्दा बालकको मृत्यु भएको अबस्थामा शब निकालेको प्रहरी नायव उपरीक्षक रिजालले बताए । बालकको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटनामा महिलाको मृत्यु भएपछि कैलालीमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

८ जेष्ठ २०७९, आईतवार १७:१६
धनगढी : कैलालीमा ट्रयाक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्यु भएपछि जिल्लाको गौरीगंगा नगरपालिकास्थित चौमाला क्षेत्रमा तनाव उत्पन्न भएपछि चौमाला क्षेत्रमा मृतकका आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए । तर, अहिले राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ । आन्दोलित स्थानीयलाई शान्त पार्न प्रहरीले […]

सम्बन्धित