आँखाको नानी निःशुल्क प्रत्यारोपण गरिने

सदरलाइन संवाददाता १० श्रावण २०८०, बुधबार १५:०१
 

दाङ : लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम लागु गर्ने सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो हो । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले बताए । कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य मन्त्री खनालको भनाई छ ।


कर्नियाको निशुल्क अप्रेशन गर्ने सहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विभिन्न कारणले आँखाको ज्योती गुमाउन पुग्नेहरुका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बताए । लुम्बिनी प्रदेशमा आँखाको ज्योती गुमाएका धेरै रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसकेर अहिले पनि अन्धोपनका साथ घरमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सकुशल उद्धार

१० श्रावण २०८०, बुधबार १५:०१
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाटस्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । एक्कासी नदीको बहाव बढेपछि फसेका २६ जनाको मंगलबार साँझ उद्धार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका […]