सदरलाइनडटकम
२४ चैत, नेपालगन्ज : नेपालगन्ज–कोहलपुर सडकखण्डको गनापुर नजिकै शनिबार साँझ भएको सडक दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार कोहलपुरबाट नेपालगन्जतर्फ आउदै गरेको लु १ ख ३९९१ नं. को ट्रकले भे ७ प १५१७ नं. को मोटरसाईकलाई ठक्कर दिदा खजुरा गाउपालिका–५ का प्रमोद यादव गम्भीर घाइते भएका छन् ।
घाइते यादव गनापुरमा रहेको गणेश पेट्रोलपम्ममा जानलाग्दा ट्रकले ठक्कर दिएको थियो । ट्रक प्रहरी नियन्त्रणमा लिएर घाइते यादवको नेपालगन्ज नर्सिङ्गहोममा उपचार भईरहेको छ ।
