बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी

सदरलाइन संवाददाता ७ जेष्ठ २०७९, शनिबार १७:३९
 

नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भुमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्षदेखि बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन् । बाँके जिल्ला फुटबल संघमा सदस्यको रुपमा काम गरेका शाहीले दुई कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन् ।

बाँके जिल्लामा शुरुवातमा उनले ओशोनिक क्लबमार्फत ग्रासरुट कार्यक्रम सञ्चालन गरेका थिए । जसले बाँकेमा आधा दर्जन खेलाडीलाई नेपाली महिला टोलीसम्म पुग्न सहयोग गरेको थियो । नेपालगञ्जमा फुटबलका भौतिक पुर्वाधार, एन्फा ग्रास रुट फुटबल मैदान निर्माण, नेपालगञ्ज गोल्ड फुटबलको शुरुवातमा उनको नेतृत्वमा भएको थियो ।


पश्चिम क्षेत्रमा फुटबलको विकासमा शाहीलाई कुशल नेतृत्वका रुपमा चिनिन्छ । नेपाली फुटबललाई अनुशासित रुपमा गतिशिलता प्रदान गर्न आफुले उम्मेदवारी दिएको अध्यक्ष शाहीले बताए । उनले भने,‘ समाज परिवर्तन गर्न, देशको प्रतिष्ठा बढाउन फुटबलले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

तर पश्चिम नेपालमा हामीले सोचेजस्तो विकास गर्न सकेको छैनौं । थुप्रै समस्या र चुनौति छन हामीसँग । हामीले राम्रो गरेको जिल्ला र क्लबको अनुभवबाट सिक्दैं पश्चिम क्षेत्र फुटबलको विकास गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कार आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

७ जेष्ठ २०७९, शनिबार १७:३९
काठमाण्डौ :  आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो । उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक […]