डुडुवामा ७ लाखको आकस्मिक कोष स्थापना

१४ चैत्र २०७६, शुक्रबार १६:४८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि बाँके डुडुवा गाउँपालिकाले आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरेको छ ।
गाउँपालिकामा आर आर टिको बैठकले कोरोनाबाट उत्पन्न जटिल समस्याको व्यवस्थापन तथा कार्यान्वयनका लागि ७ लाखको आकस्मिक कोष बनाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले कोष बृद्धिका गर्न थप रकम जम्मा गर्नका लागि सबैमा आवहान समेत गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाअन्तर्गत रहेका सम्पुर्ण कर्मचारीहरुले तीनदिन बराबरको पारिश्रमिक उक्त कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
उनका अनुसार गाउँपालिका अन्र्तगत विभिन्न शाखामा कार्यरत करीब साढे दुई सय बढी कर्मचारीहरुले आफुले पाउने पारिश्रमिकबाट ३ दिनको पारिश्रमिक जम्मा गर्नेछ । यस्तो जटिल संकटको अवस्थामा मानविय सहयोगका लागि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो ।
यसैगरि बैठकले गाउँपालिकामा ३० बेडको क्वारेन्टाइन बनाउन शुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर २ बेतहनी स्वास्थ्य चौकी र वार्ड नंं. ४ स्थित आधारभुत विद्यालय शाहपुर्वामा १०–१० वटा बेडको क्वारेन्टाइन केन्द्र बनाउने निर्णय भएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार गाउँपालिका सिमासंग जोडिएकाले भारतबाट समेत मानिसहरु आउने भएकाले र सरकारको निति अनुसार क्वारेन्टाईन बनाउन थालिएको छ ।

Next Post

सोशल डिस्टेन्सका लागि ‘लक्ष्मण रेखा’

१४ चैत्र २०७६, शुक्रबार १६:४८
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरसबाट बच्न सोशल डिस्टेन्स अर्थात् सामाजिक दुरी बनाउनका लागि नेपालगञ्जमा लक्ष्मण रेखा बनाइएको छ । प्रहरीको प्रयासमा अत्यावश्यक सामग्रीको कारोबार हुने पसल, मेडिकललगायतका क्षेत्रमा लक्ष्मण रेखा बनाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शुक्रबारबाट नेपालगञ्जमा रहेका अत्यावश्यक पसलहरु सञ्चालन गर्न […]