बाँके प्रहरीद्वारा ब्राउनसुगर र नगदसहित ४ जना नियन्त्रणमा

सदरलाइन संवाददाता २३ जेष्ठ २०७८, आईतवार २०:०४
 

नेपालगञ्ज : बाँके प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरको ५६ पुडिया र ४१ हजार ५ सय नगदसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ३ जना महिलासहित ४ जनालाई गत शुक्रबार दिउँसो साढे तीन बजेको समयमा नेपालगञ्ज–२ न्युरोडबाट उनीहरुलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।


प्रहरी नियन्त्रणमा पर्नेहरुमा खजुरा गाउँपालिका वडानं ८ बस्ने ३३ वर्षिया बिबा शाही, खजुरा ४ बस्ने ३० वर्षिया गंगा खड्का, नेपालगञ्ज–९ बस्ने ३५ वर्षिय राजेश खटिक र बर्दियाको राजापुर नगरपालिका वडा नं ४ बस्ने २१ वर्षिया पुजा परियार रहेका छन् ।

गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके तथा लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २ सय मिलिग्राम) ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले आइतबार जनाएको छ ।

उनीहरुबाट प्रहरीले ४१ हजार ५ सय नगद समेत बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

२३ जेष्ठ २०७८, आईतवार २०:०४
नेपालगञ्ज : बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ २४ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ २१ गते राति १२ बजेसम्म लम्ब्याइएको हो । जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले […]

ताजा अपडेट