बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्युु

सदरलाइन संवाददाता ५ पुष २०७७, आईतवार ०९:२०
 

बैतडी : बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका ९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्रयाक्टरमा सवार रहेका मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


डीएसपी अधिकारीका अनुसार ट्रयाक्टर सडकबाट करीब एक सय मिटर तल खसेको छ भने चालक अम्रित चौधरी समान्य घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

भूमी समस्या समाधानको लागि नरैनापुरमा ईकाई कार्यालय खोलिदै

५ पुष २०७७, आईतवार ०९:२०
नरैनापुर(बाँके) : अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानको लागि बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहिन र अव्यवस्थित बसोबासीको लगत संकलन गर्न इकाई कार्यालय स्थापना गर्ने जनाएको छ । अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यविधि २०७७ अनुसार गाउँपालिकाको कार्यपालिका बैठकले इकाई […]