सदरलाइनडटकम,
नेपालगञ्ज : गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले एक महिनाको तलबभत्ता गरी ५० हजार रुपैयाँ सहयोग गरेका छन् । नेपालगञ्जस्थित बौद्धगुम्बामा आइतवार आयोजित कार्यक्रममा पुगेर मेयर राणाले स्थानीय तहको निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार सहयोग गरिएको बताए ।
मेयर राणाले गुरुङ राष्ट्रिय परिषद्लाई सहयोग हस्तान्तरण गरेका हुन् । सो अवसरमा परिषद्का युगबहादुर गुरुङ, आदिबासी जनजाती महासङ्घ बाँकेका अध्यक्ष डम्बर थापालगायतले तमु ल्होसारको महत्वबारे प्रकाश पारेका थिए । यसैबीच बौद्ध गुम्बामा आइतवार बिविध कार्यक्रम सहित तमु ल्होसार मनाइएको छ ।
