प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुरको निधन

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १४:४४
 

नेपालगञ्ज : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ ।

उनका सहोदर भाई प्रेमबहादुर देउवाको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो । प्रेमबहादुर फोक्सोको क्यान्सरबाट पीडित थिए ।

प्रेमबहादुर नेपाली कांग्रेस कञ्चनपुरका धरोहर, कञ्चनपुर–२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखिनै निरन्तर लोकतन्त्रका लागि संघर्ष समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

Next Post

कोहलपुर बसपार्क टर्मिनल भबनको उद्घाटन

३ जेष्ठ २०७९, मंगलवार १४:४४
नेपालगञ्ज : कोहलपुर नगरपालिकाद्वारा निर्मित लामो दुरीको बसपार्क टर्मिनल भबनको उद्घाटन सम्पन्न भएको छ । कोहलपुर नगरपालिका नगर कार्यपालिकाको आयोजनामा आयोजित एक समारोहका बिच कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शिला अनाबरण गर्दै सो भबनको उद्घाटन गरेका हुन् । दशैअघि पुर्णरुपमा सञ्चालनमा आउने बताइएको भबन रंगरोगन गर्न बाहेक अरु काम […]