बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता

सदरलाइन संवाददाता २९ बैशाख २०७९, बिहीबार १६:४२
 

नेपालगञ्ज : बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । मष्टा गाउँपालिका–१ रनाडा घर भएका करिब ४५ वर्षीय केशवबहादुर सिंह नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


उनले बिहीबार बिहान जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार नजिकै सिमभाडी भन्ने ठाउँबाट हामफालेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सिंहको प्रहरी र सशस्त्रको टोलीले खोजतलास जारी राखेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको मतगणना भेरी प्राविधिक शिक्षालयमा हुने

२९ बैशाख २०७९, बिहीबार १६:४२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना भेरी प्राविधिक शिक्षलयमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर नेपालगञ्जको २३ वटै वडाको मतगणना स्थल भेरी प्राविधिक शिक्षालयलाई तोकेको हो । यसअघिका निर्वाचनको निर्वाचन स्थल पनि भेरी प्राविधिक शिक्षालयलाई बनाउने गरिएको थियो ।