सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

सदरलाइन संवाददाता २८ बैशाख २०७९, बुधबार १७:५४
 

नेपालगञ्ज : नेकपा एमाले र नेपाली कांग्रेसका समर्थक बीच झडप भएको छ । झडपमा प्रहरी सहित ६ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो ।

मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उक्त झडप नियन्त्रणमा खटिएका डिएसपीसहित चार जना प्रहरीलाई सामान्य चोट लागेको उनले बताए ।


यस्तै, नेकपा एमाले समर्थक २४ वर्षीय इन्द्र विक र ३६ वर्षीय सुनिल विक झडपमा परी घाइते भएका छन । दुवै जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।

‘उनीहरू घाइते भएको प्रहरीलाई खबर आएको थिएन, पहिल्यै अस्पताल लगिसकिएको रहेछ,’ डिएसपी घर्तीले भने, ‘यताबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएर सम्झाइ–बुझाइ गरी पठाइएको छ, अहिले अवस्था सामान्य छ ।’

प्रहरीले सम्झाउने क्रममा कांग्रेस समर्थक पछि हटेपछि एमाले समर्थकहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीसमेत सामान्य घाइते भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयहरु बुधवारदेखि ६ दिनसम्म बन्द

२८ बैशाख २०७९, बुधबार १७:५४
नेपालगञ्ज : स्थानीय तह निर्वाचनका लागि बुधवारदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको […]

सम्बन्धित