बाँके प्रहरीद्वारा अबैध हतियारसहित तीन पक्राउ

सदरलाइन संवाददाता २८ चैत्र २०७७, शनिबार १३:५४
 


कोहलपुर (बाँके) : बाँके प्रहरीले अबैध हतियार दुई भरतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका हुन ।

उनीहरु कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेको अवस्थामा भारतको जिल्ला बहराइच बाबागञ्जका २० वर्षिय महताप्रसाद खटिक र नकछेद पासी तथा कोहलपुर नगरपालिका वडा नं १४ बस्ने बर्ष ३२ का सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र गोली एक थान बरामद गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनले विशेष सूचनाका आधारमा जाँच गर्दा खटिकले कम्मरमा लुकाएको अवस्थामा बरमद भएको बताए । प्रहरीले पक्राउ परेका तीनै जनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Next Post

नरैनापुरको खोदवामा भएको आगलागीले सखाप पारेको यादव र पासीको मन

२८ चैत्र २०७७, शनिबार १३:५४
नरैनापुर (बाँके)  : चैत महिना सकिनै लाग्दा नरैनापुर खोदवाका राम सहाई यादबलाई गहुँ काट्ने र थन्क्याउने कामको हतारो थियो । आउदो जेठमा उनकी बहिनीको विहे छिनिएका कारण उनी र उनको परिवारलाई सकेसम्म छिटो गहँु थन्क्याउनु पर्ने थियो । गहुँ थन्क्यायर बहिनीको विहेको तयारीमा जुट्ने परिवारको सल्लाह अनुसार विहेका सामान, तिलक […]

सम्बन्धित