राजस्व गस्तीले सामान नियन्त्रणमा लिदा सडकमै लम्पसार

२६ माघ २०७३, बुधबार १३:२३
 

भन्सार प्रज्ञापन हुँदाहुँदै पनि सामान खोसर लगियो : पीडित

सदरलाइनडटकम      
२६ माघ, नेपालगन्ज : राजस्व चुहावट नियन्त्रण गुल्म कोहलपुरबाट गस्तीमा रहेको सशस्त्र प्रहरी र राजस्व अनुसंधान कार्यालय कोहलपुरको संयुक्त टोलीले भन्सार प्रज्ञापन पत्र हातमा हुँदा हुँदै राजस्व छलेको आरोपमा समान नियन्त्रणमा लिन खोज्दा सामान धनी र गस्तीटोलीबीच झण्डै डेढघण्टा बाटै अबरुद्ध पारी सामान तानातान भएको छ ।
नेपालगन्जको सुर्खेतरोडको पुष्पलालचोक नजिकै बुधबार साँझ करिव पौने ५ बजेदेखि भएको सामान तानातानको कारण सो सडक अबरुद्ध समेत भएको थियो ।
हातमा भन्सार प्रज्ञापन पत्र लिएर राजस्व चुहावट नियन्त्रण गुल्म कोहलपुर र राजस्व अनुसंधान कार्यालय कोहलपुरको संयुक्त गस्ती टोलीसंग प्रतिबादमा उत्रेका मुसैली रैदासले भने–‘भन्सार तिरेर हातमा कागजात लिदापनि हाम्रो सामान भन्सार चोरीको भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लियो हामीलाई अन्याय भयो ।’ उनले आफुमाथि अन्याय भएको भन्दै आफुहरु सामान लैजान नदिने प्रतिकारमा उत्र्नु परेको दुखेसो पोखे ।
छ महिनाको काखे बच्चा लिएर भन्सार प्रज्ञापन पत्र देखाउदै सुष्मा कुच्बधियाले भनिन–‘भन्सार तिरेको कागज हुँदा पनि हाम्रो माल किन समातेको । हामीले भन्सार तिरेका छौ । यो कागजात हेर भन्दा पनि सशस्त्र प्रहरीले हेरेन ।’ उनले आफुहरुको बोली दिने कोही नभएकोले अन्यायमा पारीएको आरोप लगाईन ।
सामान्य डोरी र सिलौटा बेचेर जीवन यापन गर्दै आएको कुच्बधिया जातीका उनी जस्ता धेरै महिलाको त्यस्तै गुनासो थियो । ‘कागज छ तर पनि हाम्रो समान किन प्रहरीले खोस्दै छ ।’ उनीहरु कहिले बाटोमा त कहिले आफ्नो सामान राखिएको प्रह्रीको गाडि अगाडी लम्पसार परेर अवरोध गरिरहेका थिए ।


केही समय अघि कनिकाको भन्सार प्रज्ञापन गरी चामल भित्रयाएको तथ्य भन्सार कार्यालयको ५ सय मिटर दुरीमा ट्रक पल्टिएर चामल तसकरीको भेद खुलेको कारण नेपालगन्ज भन्सार कार्यालयले भन्सार राजस्व कडा पारेको बताएको छ ।
हातमा भन्सार तिरेको प्रज्ञापन पत्र छ तर, राजस्व गस्तीको सशस्त्र प्रहरीको टोलीले सो कागज हेर्न तयार नभएपनि करिव डेढ घण्टा बाटो समेत अवरुद्ध भएको थियो । सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो मात्रामा प्लास्टिकका बाटा, तथा अन्य भाँडाकुँडा नियन्त्रणमा लिएर चेकजाँचको लागि राजस्व अनुंसंधान कार्यालय कोहलपुर लैजान लाग्दा उनीहरुले गाडिको अगाडि काखे बच्चा राखेर बाटोमै सुतेर अवरोध गरेका थिए ।
यसैबीच राजस्व चुहावट नियन्त्रण गुल्म कोहलपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक हर्क शाहीले राजस्व छलेको शंका लागेर २४ पोकामा रहेको प्लास्टिकका भाँडा नियन्त्रणमा लिएको बताए । उनले भने–‘यो सामानको भन्सार गरिएको भए पनि राजस्व चुहावट भएको आशंकामा नियन्त्रणमा लिएका हौ सामान र भन्सार कागजात मिलेमा मालधानीले आफ्नो सामान लैजान सक्ने छन् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टोल पढाई समूहले बालिबालिकामा पढ्ने बानीको विकास गराउदै

२६ माघ २०७३, बुधबार १३:२३
रुद्र सुवेदी/सदरलाइन   २७ माघ, नेपालगन्ज : बालबालिकाको पढाईको गुणस्तरमा सुधार ल्याउन जिल्लामा करिब सातसय टोल पढाई समूह निर्माण गरी समूह मार्फत बालबालिकालाई पढाउन थालिएको छ । युएसएआईडीको आर्थिक सहयोग तथा शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय बाँकेसँगको समन्वयमा बाँके युनेस्को क्लवले जिल्लाका एक उपमहानगरपालिका, एक नगरपालिका र ३४ गाविसका सबै […]